कर्मचारीलाई मुख्यमन्त्रीको निर्देशन ः कामको शैली बदल्नुस्

दाङ, ५ भदौ । लुम्विनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्ली वहादुर चौधरीले प्रदेश सरकारका सवै मन्त्रालयहरुले जनताका जनजिवीकामा आर्थिक तथा सामाजिक रुपान्त्रर्ण हुने खालका योजना वनाए काम गर्न कर्मचारीलाइ निर्देशन दिनुभएको छ ।

उहाले हालसम्म राजनीतिक पहुँच र कर्मचारीलाइ हित हुने गरि काम गरेको स्मरण गर्दै आघामी दिनमा फरक शैलीमा काम गर्न निर्देशन दिनु भएको हो । मुख्यमन्त्री चौधरीले प्रदेशका सवै मन्त्रालयवाट प्राप्त उपलब्दी आशा गरे जस्तो नभएको वताउदै त्यसको भागिदार राजनीतिक मात्र नभए केही कर्मचारी समेत दोषी रहेको बताउनु भयो ।

उहाले लुम्विनी प्रदेशमा ३७ प्रतिशत मानिस गरिविको रेखा मुनि रहेको वताउदै उहाहरुको आर्थिक समृद्धी हुने गरि योजना वनाएर काम गर्नु पर्ने बताउनु भयो । प्रदेशका मन्त्रालयहरु केहीले मनोमानि ढंगले व्याक्ती मुखी बजेट विनियोजना गरेको प्रति व्यवग्य गदै कम्तीमा पनि नियम संगत विधि ,निमावली वनाएर काम गर्न पनि निर्देशन दिनुभयो ।

स्थायि राजधानी स्थान्त्रर्ण गरेको झण्डै १ वर्ष वितिसक्दा पनि राजधानीमा स्वास्थ्य ,शिक्षाका क्षेत्रमा निक्कै पछाडी परेको वताउदै सम्वन्धीत मन्त्रालयले एक्शनमा काम गर्न निर्देशन दिदै बजेट अभाव हुन नदिने बताउनु भयो ।

मंगवलार लुम्विनी प्रदेश सरकार लुम्विनी प्रदेश योजना आयोग देउखुरीको आयोजनामा प्रदेश विकाश समस्या समितिको २ दिने कार्याशला गोष्ठी तथा आ व २०७९÷८० वार्षिक समिक्षा कार्यक्रमाइ सम्वोदन गर्दै यस्तो बताउनु भएको हो । मुख्य मन्त्री चौधरीले समितिका कार्यक्रमा सकारात्मक पक्ष भन्दा योजना कार्यानवयनमा आइ परेका चुनौतिलाइ पहिचाहन गर्न सकेमा आघामी योजना बनाउन सहज हुने बताउनु भयो ।

सो कार्यक्रममा प्रदेश सरकार अन्र्तगत रहेका सवै मन्त्रालयहरुवाट भएका उपलबदी र चुनौतिका विषयमा सम्वन्धीत मन्त्रालयलका सचिवहरुले सहजिकरण गरेका थिए । जस अन्र्तगत सवै मन्त्रालयवाट आ व २०७८÷८० मा सरदर ४९ प्रतिशत प्रगती भएको सवै भन्दा कम सहकारी मन्त्रालयवाट सहकारी तर्फ ३ प्रतिशत काम प्रगति विवरण पेश गरेका थिए ।

कार्यक्रममा गृह मन्त्रालयका सचिव लाल वहादुर कवारी , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव जर्नादन शर्मा , अर्थका सचिव केदार शर्मा , कृर्षि सचिव एमनारायण देवकोटा ,सामाजिक विकाशवाट सचिव कृष्न प्रसाद पन्त ,भौतिक तथा पूर्वाधारवाट सचिव सुनिल पौडेल ,उद्योग ,पर्यटन तथा यातायतवाट निमित्त सचिव राजेन्द्र पन्थी ,वन तथा वातावरणवाट सचिव कृष्न प्रसाद शर्मा , खानेपानी तथा ग्रामिण मन्त्रालयवाट जक्की अहमद सन्सारीले मन्त्रालयको वार्षि प्रगती विवरण र चुनौतिका वारेमा प्रस्तुति गरेका छन ।

२ दिन सम्म चल्ने सो कार्यशाला गोष्ठीमा कुन कुन क्षेत्रवाट भौतिक तथ वित्तय प्रगती भयो , त्यसवाट पारेका मध्यकालिन र दिर्घकालिन प्रभावका वारेमा वृहत्त छलफल गरिने योजना आयोगका उपाध्यक्ष नकुल केसीले बताउनु भयो ।