शिवु खनाल
देउखुरी, ३ भदौ
लमही नगरपालिका नगर प्रमुख जाेगराज चाैधरीले राेटरी स्तम्भकाे अनावरण गर्नुभएको छ । अजम्मरी सामुदायिक वन उपभोक्ता समूहद्वारा संचालित जैविक विविधता ग्रिन पार्कमा राेटरी क्लब अप लमहीले राेटरी स्तम्भ निर्माण गरेको छ । ममतामयी आमा स्वर्गीय माेहनकुमारी भण्डारीकाे पुण्य स्मृतिमा सुपुत्र राेटरी क्लब अप लमहीका निवर्तमान अध्यक्ष बसन्तकुमार भण्डारीले राेटरी स्तम्भ निर्माण गर्नुभएकाे नगर प्रमुख चाैधरीले एक कार्यक्रमका बिच आइतवार अनावरण गर्नुभएको हाे ।
कार्यक्रममा नगर प्रमुख चाैधरीले समाज परिवर्तनमा रोटरीको भूमिका विशिष्ट खालको हुनु पर्ने बताउँदै आफूले पार्ककाे विकासका लागि नगरकाे तर्फबाट जस्तोसुकै सहयोग र सहकार्य गर्न तयार रहेको बताउनुभयो।
राेटरी क्लब अप लमहीका अध्यक्ष केशव घिमिरेकाे अध्यक्षता एवम् लमही नगरपालिका नगर प्रमुख जाेगराज चाैधरीकाे प्रमुख अतिथिमा सम्पन्न कार्यक्रममा लमही नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष ओमप्रसाद सुवेदी (सागर) राेटरी क्लब अप लमहीका निवर्तमान अध्यक्ष बसन्तकुमार भण्डारी, संस्थापक अध्यक्ष रविलाल आचार्य, अजम्मरी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष पवन शर्मा रिजाल, पत्रकार राधेश्याम गुप्ता, वर्ष २३/२४ का एजी बिमल रिजाल लगायतले बाेल्नु भएको थियोे ।
राेटरी क्लब अप लमहीकाे वरिष्ठ उपाध्यक्ष प्रमाेद गाैतमले जैविक पार्कलाई ग्रास कटर मेशिन सहयोग प्रदान गर्नुभएको छ । कार्यक्रमकाे सहजिकरण राेटरी क्लवका सचिव लाेकमान रिजालले गर्नुभएको थियो ।।