काठमाडौं । ‘गदर २’ले यतिबेला बलिउडमा उछाल कमाइ गरिरहेको छ । बुधबार पनि फिल्मले ३२।३७ करोड भारु ग्रस कमाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
भारतीय बक्स अफिसमा मात्र ६ दिनमा फिल्मको कुल कमाइ २६१।३५ करोड भारु पुगेको छ । यो कमाइसँगै ‘गदर २’ शाहरुख खान स्टारर ‘पठान’पछि सन् २०२३ मा दोस्रो धेरै कमाउने हिन्दी फिल्म बनेको छ । फिल्मले ‘द केरला स्टोरी’को लाइफटाइम कलेक्सनलाई उछिनेको छ ।
अक्षयकुमारको ‘ओह माइ गड २’ ले बुधबार ७।२० करोड भारु कलेक्सन गर्यो । फिल्मको कुल कमाइ ७९।४७ करोड भारु पुगेको छ । ६ दिनमै ‘गदर २’ वर्षकै दोस्रो ठूलो हिन्दी फिल्म बनेको छ ।
शाहरुख खानको फिल्म पठान ९५४३।०५ करोड भारु०ले मात्रै अगाडि छ । यो वर्ष ‘द केरला स्टोरीजस्ता सानो बजेटको फिल्मले राम्रो व्यापार गर्यो । फिल्म २३८ करोड भारु कमाइसहित दोस्रो स्थानमा रह्यो । ‘गदर २’ रिलिज भएको एक साता पनि भइसकेको छैन, यसले यो वर्षका धेरै ठूला फिल्मलाई पछि पारेको छ ।
‘गदर २’ विदेशमा पनि राम्रो चलिरहेको छ । इन्डस्ट्री ट्रयाकर स्याकलिंकका अनुसार फिल्मको ओभरसिज कलेक्सन २८ करोड भारु छ । यसअनुसार बुधबार गदर २ को विश्वव्यापी संकलन २९८।२ करोड भारु पुगेको छ ।
सामाजिक सञ्जालका केही ट्रेड विज्ञले ‘गदर २’ ले ‘पठान’को जीवनभरको कलेक्सनलाई हराउन सक्ने बताएका छन् । फिल्मले जुन गतिमा कमाइ गरिरहेको छ, त्यो पनि सम्भव देखिन्छ । फिल्मले दोस्रो हप्तामा कस्तो कमाइ गर्छ त्यो हेर्नु चासोको विषय हो ।
विशेष कुरा के छ भने पठान सोलो रिलिज भएको हो । यसबाहेक यसको स्क्रिन काउन्ट पनि गदर २ भन्दा बढी थियो । यति हुँदाहुँदै पनि गदर २ पठानको कमाइ नजिक पुग्यो भने त्यो आफैंमा ऐतिहासिक हुनेछ ।
‘ओएमजी २’ पनि बिस्तारै १०० करोड क्लबमा सामेल हुने बाटोमा छ । अक्षय कुमारको लागि यो राहत हुनेछ । उनको अघिल्लो फिल्म ‘सेल्फी’ असफल रह्यो । यस्तो अवस्थामा उनले ओएमजी २ बाट धेरै अपेक्षा गरेका छन् ।