भ्रममा नपर्न राप्ती आँखा अस्पताल तुलसीपुरको आग्रह

दाङ,  । तुलसीपुर बजारमा खुलेका आँखा उपचार केन्द्र र केहि चस्मा पसलले राप्ती आँखा अस्पाल रक्षाचौरका डाक्टरहरुले चेकजाँच गर्छन भन्दै बिरामीहरुलाई भ्रम छर्ने गरेकाले सजग हुन अस्पतालले सबैमा आग्रह गरेको छ ।

तुलसीपुरमा संचालनमा रहेका केहि उपचार केन्द्रले प्रकोपका रुपमा रहेको आँखा पाक्ने रोगका बिरामीलाई राप्ती आँखा अस्पतालका डाक्टरले यही काम गर्छन भन्दै झुक्यानमा पारेर उपचार गर्ने र राम्रो हुनुको साटो झन समस्या भएर ‍ बिरामी आँखा अस्पतलामा जाने गरेकाले अस्पताले यस्तो आग्रह गरेको हो ।

अस्पतालकी चिफ मेडिकल डाइरेक्टर डा. सुलक्ष्मी कटुवालले आज एक प्रेस विज्ञेप्ती जारी गर्दै अस्पतालका नेत्र विशेषज्ञ, दृष्टि विशेषज्ञ, नेत्र अधिकृत र नेत्र सहायक कोहि कसैले पनि बाहिरका कुनै निजि क्लिनीक आँखा उपचार केन्द्र र बजारमा सञ्चालनमा आएका चश्मा पसलहरुमा गई आँखा चेकजाँचन नगरेको बताउनुभयो ।

‘प्रकोपका रूपमा फैलिँदै गएको कन्जंग्टि वाइटिसका कारण आँखा रातो हुने, चिलाउने, पोल्ने, पानी बग्ने, चिप्रा लाग्ने परेला सुन्निने, आँखा बिझाउने, उज्यालो हेर्न गाह्रो हुने, दृष्टि धमिलो हुने लगायतका समस्या लिएर उपचारका लागि जाने बिरामीलाई झुक्यानमा पारेर उपचार गर्ने र ती बिरामीहरु त्यहाँ निको नभएपछि राप्ती आँखा अस्पतालमा आउने गरेका छन् । त्यसकारण कुनै पनि नागरिक भ्रममा नपुर्नहोला ।’ विज्ञेप्तीमा भनिएको छ ।

अस्पतालको आँखाको थप जटिलताबाट बच्न राप्ती आँखा अस्पताल तुलसीपुर, लमही आँखा अस्पताल लमही दाङ , छन्द (कालेबाबु) नारायणी आँखा अस्पताल बहादुरगञ्जमा गएर सेवा लिन विज्ञेप्ती मार्फत आग्रह गरिएको छ ।

पछिल्लो समयमा आँखा अस्पतालहरुको नाम जोडेर यो आँखा अस्पतालको शाखा हो, म आँखा अस्पतालमा काम गर्छु , हाम्रो पसल र आँखा अस्पतालमा काम गर्ने डाक्टर एउटै हुन भन्ने जस्ता बजारमा भ्रम श्रृजनागरि विरामीहरुलाई भ्रममा पार्नेका मभई रहेको भन्ने जानकारी हुन आएकोले सो भ्रममा नपर्न हुन आम सेवाग्राहीहरुलाई जानकारी गराउन चहान्छांै विज्ञेप्तीमा भनिएको छ ।