एमाले प्रदेश प्रतिनिधि छनौंट व्यवस्थित गरिने

दाङ ३१ साउन । नेकपा एमाले लुम्बिनी प्रदेशको यही भाद्र १६ र १७ गते बुटवलमा हुन लागि रहेको प्रदेश अधिवेशनको सन्दर्भमा दाङका दशवटै पालिकामा व्यवस्थितरुपमा पतिनिधि छनौंट गरिने भएको छ ।
नेकपा एमाले दाङ निर्वाचन विभागको बुधवार घोराहीमा बसेको वैठकले जिल्लाका दशवटै पालिकामा व्यवस्थितरुपमा प्रतिनिधि छनौंट गरिने र यसका लागि कमिटीको तर्फबाट तीनतीन जना प्रतिनिधि खटाउने निर्णय गरिएको छ । दाङमा एमालेको १२ हजार २ सय सदस्य संख्या रहेको छ ।

नेकपा एमाले दाङका सचिव मनोहर बुढाथोकीको अध्यक्षत्ता एवं एमाले पोलिटव्यूरो सदस्य नरुलाल चौधरीको प्रमुख आतिथ्यतामा बसेको वैठकले जिल्लाका दशवटै पालिकामा भाद्र ९ गते व्यवस्थित, मर्यादित तवरबाट प्रतिनिधि छनौंट गर्ने निर्णय गरेको कमिटीका सदस्य भानसिंह बुढाले जानकारी दिनुभयो ।

वैठकले प्रदेश अधिवेशनमा सहभागिताका लागि एक सय सदस्य बराबर एक जना प्रतिनिधि चयन गर्नुपने, खुल्लातर्फ एक सय जना सदस्य बराबर एक जना र दलिततर्फ ७५ जना बराबर एक जना प्रतिनिधि चयन गर्न, प्रतिनिधिमध्ये एक तिहाई महिला अनिवार्य हुनुपर्ने व्यवस्था भएकाले यसतर्फ ध्यान दिन पनि सबै मातहतका निर्वाचन आयोगले खटाउने प्रतिनिधिलाई निर्देशन दिएको छ । वैठकले समावेशीतालाई समेत ध्यान दिएर प्रतिनिधि छनौंट कार्य सम्पन्न गर्न अनुरोध गरेको छ ।
प्रतिनिधि छनौंट व्यवस्थित हुनुपर्छ ः चौधरी
यसैबीच नेकपा एमालेका पोलिटव्यूरो सदस्य नरुलाल चौधरीले नेकपा एमालेको प्रदेश अधिवेशनको महत्व धेरै भएकाले यसलाई गौरबमय तवरले सम्पन्न गर्नका लागि प्रतिनिधि छनौंट कार्य व्यवस्थित, मर्यादित तवरले सम्पन्न गर्नुपर्ने बताउनु भएको छ ।

वैठकलाई सम्बोधन गर्दै प्रमुख अतिथि समेत रहनु भएका चौधरीले नेकपा एमालेलाई सांगठनिकरुपमा व्यवस्थित र थप बलियो बनाउनका लागि प्रदेश, जिल्ला, पालिकाहरुको अधिवेशन हुन लागि रहेको बताउँदै चौधरीले सबै खाले अधिवेशनहरुलाई सौहार्दरुपमा सम्पन्न गर्न पार्टी नेता, कार्यकर्ता, शुभेच्छुकले सकारात्मक भूमिका खेल्नुपर्ने बताउनुभयो । पार्टीका आन्तरिक जीवनसँग सम्बन्धित कार्यहरु सम्पन्न भैसकेपछि एमाले एकमना एकताकासाथ २०८४ मा हुने निर्वाचन लक्षित कार्यक्रमहरु लिएर जनता माझ जाने चौधरीको भनाइँ थियो ।यता यस विषयमा नेकपा एमाले दाङका अध्यक्ष हुकुमबहादुर बस्नेतले प्रदेश अधिवेशनलाई भव्य बनाउन एमाले दाङ जिल्लाको तर्फबाट सबै खाले सहयोग गरिने र प्रतिनिधि छनौंट कार्य सम्पन्न गर्नका लागि पार्टी जिल्लाले सहजीकरण र सहयोगको काम गर्ने बताउनुभयो ।

यसैगरी पार्टी जिल्ला सचिव मनोहर बुढाथोकीले प्रतिनिधि छनौंट कार्य सम्पन्न गर्न पालिकास्तरीय कमिटीलाई पनि विशेष निदेर्शन दिएर छनौंट कार्य सम्पन्न गर्न खटाएको बताउनुभयो ।