शिवु खनाल
देउखुरी, २७ साउन
नेपाल कम्युनिष्ट पार्टी (माओजादी केन्द्र) लुम्बिनी प्रदेश समितिको बैठक राप्ती गाउँपालिकामा बस्ने भएको छ । समितिको बैठक यहीँ ३० र ३१ गते राप्ती गाउँपालिका देउखुरीमा बस्ने भएको हो । बैठकले केन्द्रीय समिति बैठकबाट घोषणा भएको तीन महिने जनतासँग माओवादी विशेष रुपान्तरण अभियानको प्रदेश स्तरिय कार्य योजना तय गर्नेछ ।
त्यसैगरी बैठकले सबै तहका नेताहरुको कार्य विभाजन गर्नुका साथै आगामि योजना र कार्यक्रमहरु तय हुनेछन् । उक्त बैठकमा लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय पदाधिकारि, स्थायी कमिटि सदस्य, केन्द्रीय समिति सदस्य, केन्द्रीय सल्लाहाकार, जेष्ठ कम्युनिष्ट मञ्चका नेताहरुलाई समेत आमन्तरण गरिएको पार्टीको लुम्बिनी प्रदेश कार्यालयका मुख्य सचिव यज्ञ पोखरेलले जानकारि दिनुभयो ।।
