शिवु खनाल
देउखुरी, २२ साउन
अबिरल वर्षाका कारण लमही–घाेराही सडक अवरुद्ध भएको छ । लमही-घाेराही सकडखण्ड अन्तरगत कुलमाेहर नजिकै सडक अवरुद्ध भएको वडा प्रहरी कार्यालय लमहीका प्रमुख शंकर श्रेष्ठले जानकारी दिनुभयाे ।
माथिदेखि खसेको ठूलो पहिराले सडक अवरुद्ध बनेको उहाँले बताउनुभयो । साेमबार विहान देखि खसेको पहिरो अहिलेसम्म पन्छाउन सकिएको छैन। बिहानैदेखि सडक खुलाउने प्रयास भइरहेको छ । प्रहरी प्रमुख श्रेष्ठले भन्नुभयाे,-। कुलमाेहर नजिकै ठूलो पहिरो खसेर सडक पूर्णरूपले अवरुद्ध भएको छ, ठूलो वर्षा भएको हुँदा विहान खसेकाे पहिराे खुलाउन सकिरहेकाे छैन । प्रयास जारि छ । अवरुद्ध सडक खुलाउने प्रयासमा छौँ, पहिराले सडकमा अत्यधिक क्षति पुर्याएको छ।’
सडक अवरुद्ध हुँदा लमही-घाेराही जाने र फर्किने यात्रु बीच बाटोमै अलपत्र छन् । सडक अवरुद्ध हुदा साना तथा ठूला सवारीसाधन पूर्णरूपमा ठप्प छन् ।।