शिवु खनाल
देउखुरी,१९ साउन
देउखुरीमा ट्रककाे ठक्करबाट एकजना महिला गम्भीर घाइते हुनुभएको छ ।
शुक्रबार दिउँसो १:३० बजे लमहीबाट पश्चिम तर्फ जाँदै गरेको सु.प.प्र-०१००१ ख २८५२ नम्बरको ट्रकले ठक्कर दिदा राजपुर गाउँपालिका वडा नम्बर ७ सुनपत्थरी नाका निवासी ३२ वर्षिय रामकली बाेहरालाई लमही नगरपालिका वडा नम्बर ८ सतवरिया स्थित ठक्कर दिदा निधार, मुख,दुई हातखुट्टामा गम्भीर चाेट लागेको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।
प्रहरीका अनुसार आफु चडेकाे बसबाट झरेर पसलमा सामान लिन जाने क्रममा ट्रकले ठक्कर दिएको हाे । ट्रक, चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । घाइते महिलालाई लमही अस्पतालमा प्रारम्भिक उपचार पश्चात् थप उपचारको लागि नेपालगन्ज रिफर गर्ने तयारी भइरहेको छ ।।