फोर व्यवस्थापन गर्ने वैकल्पिक उपायको खोजी 

शिवु खनाल
देउखुरी, १५ साउन
लमहीको फोहोर व्यवस्थापन चुनौती बन्दै गएपछि लमही नगरपालिकाले अजम्मरी सामुदायिक वनभित्र फोहोर व्यवस्थापन गर्ने वैकल्पिक उपायको खोजी गर्न थालेको छ । नगरपालिकाले अजम्मरी सामुदायिक वन क्षेत्रभित्र नगरबाट उठ्ने फोहोर फल्दै आएको छ । फोहोरले दुर्गन्धित हुन थालेपछि नगरपालिकाले वनभित्र फल्दै आएको फोहोर व्यवस्थापन गर्ने वैकल्पिक उपायको खोजी गर्न थालेको हो । नगरपालिकाले वनको खुला स्थानमा फोहोर व्यवस्थापन गर्ने गरी बढाएको प्रक्रियालाई अव नयाँ तवरले व्यवस्थापन गर्न लागिएको लमही नगरपालिका नगर प्रमुख जोगराज चौधरीले बताउनुभयो । उहाँले नगरवासीलाई सम्भव भएसम्म फोहोर उत्पादन नै नगर्न अनुरोध गर्ने र फोहोर उत्पादन भइहाले उत्पादन स्थलमा नै छुट्याएर राख्न सचेतना अभियान चलाउन लागिएको बताउनुभयो । उहाँले भन्नुभयो,–। ‘फोहोरलाई मोहोरमा परिणत गर्न, सरसफाइको क्षेत्रमा उल्लेख्य योगदान गर्न, स्थानीयलाई प्रोत्साहन गर्न, अनुदानको व्यवस्था गर्न लागेका छौँ । फोहोर व्यवस्थापनमा कानुनको अभाव भए नगरपालिकाले कानुन निर्माण गरी फोहोरको व्यवस्थापन गर्ने तयारी गरिरहेको छ ।’
‘केही समयभित्रै नगरपालिकाभित्र सञ्चालित विभिन्न ठूला र मझौला उद्योग कलकारखाना, बङ्गुर, कुखुरा फार्मलगायतका सबै वधशालाबाट हुने प्रदूषण र तिनको व्यवस्थापन छिट्टै गर्छौँ । उहाँले फोहोर मैलाको प्रकृतिअनुसार उत्पादन हुने क्षेत्रमा नै फोहोरको वर्गीकरण गर्नुपर्ने व्यवस्था कार्यान्वयन गर्न लागिएको बताउनुभयो । त्यसका लागि नगरपालिकाले सबै घरधुरीमा फोहोरको प्रकृतिअनुसार छुट्याउन फरक÷फरक रङका भाँडा नगरपालिकाले अव छिट्टै वितरण गर्न लागेको छ । उहाँले भन्नुभयो,–। ‘फोहोर उत्सर्जन हुने स्थानमा नै छुट्याउँदा फोहोर समस्यारहित हुने भएकाले पहिलो प्राथमिकता सबैले जहाँ फोहोर उत्पादन हुन्छ, सोही ठाउँमा नै छुट्याउन सबै नगरवासीलाई आग्रह गरेका छौँ । पुनः प्रयोग गर्न सकिने सबै फोहोरलाई पुनः प्रयोग गरिनेछ ।’ उहाँले दिशाजन्य लेदो व्यवस्थापनको पलान्टलाई पनि नगरपालिकाले आधुनिक प्रविधिबाट वातावरण प्रदूषणरहित रूपमा घरबाट निष्कने फोहोरलाई व्यवस्थापन गर्न यही आर्थिक वर्षबाट लमही नगरपालिकाले काम सुरु गर्न थालेको बताउनुभयो ।
त्यस योजनालाई पनि आगामी दिनमा थपविस्तार गर्ने योजना बनाएको उहाँले बताउनुभयो । नगरपालिकाले कुहिने फोहोरलाई अव गन्धरहित रूपमा कम्पोस्ट मल बनाउँने योजना रहेको बताउनुभयो । उक्त विधिलाई नगरपालिकाभरि विस्तार गर्ने योजना बनाएको छ । फोहोरबाट कम्पोस्ट मल बनाउने कार्य अहिले सीमित स्थानमा मात्र भएको र अब सबै वडामा विस्तार गरी नगरपालिकाको समग्र फोहोर व्यवस्थापन गर्ने योजना बनाएको बताउनुभयो । यता अजम्मरी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष पवन शर्मा रिजजाले नगरपालिकाले प्रयोग गर्दै आइरहेको डम्पिङ् साइडलाई थप व्यवस्थित बनाउन आग्रह गर्दै नगर प्रमुखलाई डम्पिङ् साइडको अवलोकन गराउनु भएको छ । उहाँले फोहोरको दिगो व्यवस्थापनका लागि लमही नगरपालिकाले ‘शून्य फोहोर अवधारणा’ सुरुआत गर्न जरुरी रहेको बताउनुभयो । उहाँले भन्नुभयो,–। ‘यसलाई साकार पार्न नगरपालिकालाई हाम्रो तर्फबाट सक्दो सहयोग गर्न तयार छौँ । नगरपालिकाले उठाउदै आएको फोहोरको करलाई टोल विकास संस्थालाई ५० प्रतिशत सहयोग गर्दै स्थानीय स्तरमा उत्पादन भएका गल्ने र नगल्ने फोहोरलाई सकेसम्म स्थानीय स्तरमै व्यवस्थापन गर्न सहजीकरण गर्न आवश्यक देखिन्छ ।’
नगरपालिकाले फोहोर राख्न फरक–फरक झोला नगरवासीलाई वितरण गर्न आवश्यक रहेको अजम्मरी सामुदायिक वन उपभोक्ता समूहका उपाध्यक्ष रवि श्रेष्ठले बताउनुभयो । उहाँले कालो झोलामा कुहिने, रातोमा सिसा र सिसाजन्य फोहोर, हरियोमा प्लाष्टिकजन्य फोहर, सेतोमा कागजजन्य, नीलोमा फलाम तथा फलामजन्य र पहेँलो झोलामा स्यानेटरी प्याड, डाइपरलगायतका फोहोर व्यवस्थापन गर्न लमही नगरपालिकाले तत्कालै योजना बनाएर अगाडि बढ्न जरुरी रहेको बताउनुभयो । त्यसैगरी लमही चेम्बर अफ कमर्शका उपाध्यक्ष शशिराम नेपालीले सबैभन्दा बढी फोहोर बजार क्षेत्रबाट निस्किने भएको हुनाले बजार क्षेत्रमा गल्ने र नगल्ने फोहोरका लागि आधुनिक डष्टविनहरु राख्न आवश्यक रहेको बताउनुहुदैँ, बजार क्षेत्रलाई सुन्दर सरसफाई, हरियालीयुक्त बनाउनका लागि स–साना बोट विरुवाहरु, फुलजन्य विरुवाहरु बजारका सडक किनारमा लगाउन जरुरी रहेको बताउनुभयो । जसले गर्दा बजारमा जथाभावी फोहोर गर्न सक्ने छैनन् ।।