कर्मचारी संगठन दाङले शहिद स्मृति दिवस सिर्जनशील कार्यक्रम गर्दै मनायो

घोराही १५ साउन । नेपाल निजामती कर्मचारी संगठन दाङले ‘मनोज–झपेन्द्र–सुरेन्द्र शहीद स्मृति दिवस २०८०’ विभिन्न कार्यक्रम गरी मनाएको छ । शहिद दिवसलाई सिर्जनशिल बनाउने उद्देश्यले संगठनले धार्मिक क्षेत्रमा बृक्षारोपण, सरफाई, खेलकूद प्रतियोगिता, कविता प्रतियोगितालगायतका कार्यक्रमहरु गरेको छ ।
यहीक्रममा दाङको गौरवको रुपमा रहेको प्रसिद्ध धार्मिक तिर्थ स्थल पाण्डवेश्वर मन्दिर धारपानी परिसरमा धार्मिक तथा औसधिय महत्व रहेका बिरुवाहरुको रोपण तथा मन्दिर परिसरमा वृहत सरसफाई गरिएको छ । संगठन दाङका अध्यक्ष शेर बहादुर के सी को अध्यक्षता एवम् मन्दिर ब्यवस्थापन समितिका पदाधिकारी एवम् सदस्यहरु, संगठनका अग्रजहरु, पेशागत महासंघ, दाङका पदाधिकारी एवम् सदस्यहरु, जिल्ला प्रहरी कार्यालय दाङका रास्ट्रसेबक प्रहरीहरू, संगठनका सदस्य एवम् सुभचिन्तक समाजसेविहरुको उपस्थितिमा बृक्षारोपण र सरफाई गरिएको हो । कार्यक्रममा मन्दिर ब्यवस्थापन समितिका सदस्य एवम् नेकपा एमाले दाङका सचिवालय सदस्य विवेक श्रेष्ठ, संगठनका सल्लाहकार एवम् नेपाल वुद्धिजिवी परिसद् लुम्बिनी प्रदेशका सचिव सानुनारायण अधिकारीलगायतले बोल्नु भएको थियो । संगठन दाङका उपाध्यक्ष शिव न्यौपानेको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण संगठन दाङका सहसचिव मोहन सिंह सुनारले गर्नु भएको थियो । कार्यक्रममा वेल, रुद्राक्ष, कपुर, शितलचिनीलगायतका विरुवाहरु मन्दिर ब्यवस्थापन समितिको माग र आवश्यकता अनुसार स्थान छनोट गरी रोपण गरिएको थियो । यसैगरी मन्दिर फैलिएको क्षेत्रमा गल्ने तथा नगल्ने फोहोरहरु, मुख्य मन्दिरमा सरफाई गरिनुका साथै त्यहाँ बढेका झारजङगलहरु र अन्य फोहोरहरु एकीकृत गरी घोराही उपमहानगरपालिका सरसफाइ ब्यवस्थापन शाखाको सहयोगमा त्यसको ब्यवस्थापन गरिएको थियो । यस अगाडी शहिद दिवसकै अबसरमा संगठनले कर्मचारीहरु बीच व्याटमिन्टन प्रतियोगिता गरेको थियो । यसैगरी विद्यालयस्तरीय कविता प्रतियोगिता गरिएको थियो । कविता प्रतियोगितामा गोरखा उच्च माध्यामिक विद्यालय प्रथम भएको थियो ।