दाङमा १७ किलो चितलको सुकुटीसहित ३ जना पक्राउ

तुलसीपुर, १५ श्रावन ।  दाङमा १७ किलो चितलको सुकुटीसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गढवा गाउँपालिका ६ निवासी ३० वर्षिय मनोज थापा मगर, सोही ठाउँका ३१ वर्षिय करण केसी र लमही नगरपालिका ६ निवासी नुर बहादुर कुमाल रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता एवम् डीएसपी राजन कुमार गौतमले जानकारी दिनुभएको छ । प्रहरीका अनुसार लमही देखी घोराही तर्फ आउदै गरेको रा २ प ६१९५ नम्बरको मोटरसाईकल र बा ९१ प ११०७ नम्बरको मोटरसाईकल रोकी चेकजाँच गर्ने क्रममा बा ९१ प ११०७ नम्बरको मोटरसाईकल पछाडी सवार करण केसीले प्लाष्टिकको जेब्रा झोला राखेको चितलको १७ किलो सुकुटीसहित उनीहरुलाई हिजो बेलुका पक्राउ गरिएको हो । पक्राउ परेका तीनै जनालाई आवश्यक कारबाहीको लागि डिभिजन वन कार्यालय घोराही दाङमा बुझाईएको प्रहरीले जनाएको छ ।

छ ।