लमही
१२(साउनर दाङको लमहीमा प्रहरीले ६ सय मिलीग्राम ब्राउन सुगरसहित ३ जनालाई पक्राउ गरेको छ ।
बुधबार लमही नगरपालिका ५ हस्पिटल रोडबाट ६ सय मिलिग्राम लागु औषध ९ब्राउन सुगर०सहित तीन जनालाई पक्राउ गरीएको वडा प्रहरी कार्यालय लमहीका प्रमुख शंकर श्रेष्ठले जानकारी दिए ।
पक्राउ पर्नेमा लमही नगरपालिका(५ शान्तिनगर निवासी बालिका सुनार, सोही वडाका कोईलाबास रोड निवासी राउडी भन्ने विक्रम कुमार गुप्ता र बर्दाघाट नगरपालिका(६ कैलाली सुगरखालका समिर कठरिया रहेका छन् ।
लागुऔषधको अवैध कारोबार भईरहेको गोप्य सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरि लागु औषध नियन्त्रण ऐन, २०३३ बमोजिम पहिलो पटकका लागि जिल्ला अदालत घोराही दाङबाट ५ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।
त्यस्तै पक्राउ परेका मध्ये बालिका सुनार यसअघि पनि लागुऔषध कारोबारमा पक्राउ परेकी थिइन् ।