शिवु खनाल
देउखुरी, ११ साउन
दाङको लमहीमा रहेको जैविक विविधता ग्रिन पार्क आन्तरिक पर्यटकको हब बन्दै गएको छ । पछिल्लो समय यता पार्कमा आन्तरिक पर्यटकको घुइँचो लागेको छ । पार्कमा दैनिकि करिब एक हजारभन्दा बढी आन्तरिक पर्यटक आउने गरेको अजम्मरी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष पवन शर्मा रिजालले जानकारी दिनुभयो । पर्यटन प्रवद्र्धधनका लागि हामीले गरेको प्रयास सफल हुँदै छ, यो निकै खुसीको कुरा हो, उहाँले भन्नुभयो,–। ‘पार्क अवलोकनका लागि पहिलेको तुलनामा हामीले सोचेको भन्दा पनि धेरै पाहुनाहरू आउनु भएको छ ।’ अजम्मरी सामुदायिक वन उपभोक्ता समूहद्धारा संचालित जैविक विविधता ग्रिन पार्क अवलोकनका लागि स्थानीय गढवा, राप्ती, राजपुर, लमही, घोराही, तुलसीपुर लगायत क्षेत्रका आन्तरिक पर्यटकहरू पार्कमा पुगेको अध्यक्ष रिजालले बताउनुभयो । उहाँले भन्नुभयो,–। ‘हाम्रो पार्कमा बाँके, बर्दिया, कैलाली कञ्चनपुर, छिमेकी जिल्ला कपिलबस्तु लगायत क्षेत्रका टाढाबाट समेत पर्यटकहरु आउने गर्नुभएको छ ।
आन्तरिक तथा बाह्र्य पर्यटनको प्रवद्र्धधन गर्ने उद्देश्यले लमही नगरपालिकाको सहयोगमा जैविक विविधता ग्रिन पार्कको निर्माण गरिएको अजम्मरी सामुदायिक वन उपभोक्त समूहका उपाध्यक्ष रवि श्रेष्ठले बताउनुभयो । पार्कभित्र विभिन्न बस्तुको आकृति बनाइएको छ ।
पार्कसँगै रहेको जैविक पोखरी निर्माणको पनि तयारी भइरहेको उहाँले बताउनुभयो । पार्कभित्र चिल्ड्रेन पार्कको स्थापना गरिएको छ । चिल्ड्रेन पार्कमा स–साना केटाकेटीले खेल्न मिल्छ । त्यसको लागि समितिले प्रतिव्यक्ती ३० रुपैया शुल्क निर्धारण गरेको छ । जैविक विविधता ग्रिन पार्कभित्र प्रशस्त पिकनिक स्पोटहरू पनि रहेका छन् । पिकनिक स्पोटको लागि जम्मा पाँच सय रुपैयाँ शुल्क तोकिएको छ ।
पानी र बत्तीको व्यवस्था गरिएको छ । वडालाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने लक्ष्य अनुरूप जैविक विविधा ग्रिन पार्कभित्र सहरी सासकीय पूर्वाधार आयोजनाको काम सम्पन्न भएको लमही नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष ओमप्रसाद सुेबदी (सागर)ले जानकारी दिनुभयो । उहाँका अनुसार पार्कभित्र अहिले ढुङ्गे बगैँचा, पुष्प बगैँचा र पिकनिक स्पोट तथा सडक निर्माण गरिएको हो । पछिल्लो समय पर्यटकीय गन्तव्यको रूपमा विकास हुँदै गरेको जैविक विविधता ग्रिन पार्क लमही नगरपालिकाभित्र पर्छ । पछिल्लो समय यता पार्क पर्यटकहरूको रोजाइमा पर्न थालेको छ । पार्कमा पुग्ने पर्यटकहरू निर्माणधिन भ्यूटावर र लमही नगरपालिकाले निर्माण गरेको पदमार्गसम्म पनि पुग्ने गरेका छ ।
पदमार्गबाट देखिने मनोरम दृश्यावलोकनका लागि पर्यटकहरू पुग्ने गरेको अजम्मरी सामुदायिक वन उपभोक्ता समूहका कोषाध्यष तेजबहादुर विकले बताउनुभयो । उहाँका अनुसार प्राय पार्कमा शनिवार र अन्य विदाका दिन अत्याधिक पर्यटकहरूको भीड लाग्ने गर्दछ । पर्यटकहरूको आगमन बढ्दै गएपछि आफूहरू निकै उत्साहित भएको अजम्मरी सामुदायिक वन उपभोक्ता समूहका कार्यालय सचिव सुस्मा नेपालीले बताउनुभयो । उहाँले भारतसंग सीमाना जोडिएको हुनाले पर्यटनको अथाह सम्भावना रहेको बताउनुभयो । उहाँले भन्नुभयो,–। ‘पर्यटकीय सम्भावनाले भरिपूर्ण रहेकाले सो क्षेत्रको पर्यटन प्रवद्र्धधनका लागि विभिन्न संघसंस्थासंग सहकार्य गरिरहेको र गरेर जाने योजना समेत रहेको छ ।’ स्थानीय थारु समुदाय, मगर, गुरुङ् लगायत विशिष्ट संस्कार, संस्कृति, भाषा, भेसभुसा, रहनसहन र जीवनशैलीको अवलोकनका लागि पनि पर्यटकहरू पुग्ने गरेका छन् । पार्कबाट प्राकृतिक सुन्दरताका सबै रङ्हरूको अवलोकन गर्न पाइन्छ । पदमार्गबाट थुप्रै सुन्दर गाउँ बस्तीहरूलाई पनि नियाल्न सकिन्छ । आफ्नो गाउँठाउँमा पर्यटकको भीड बढ्न थालेपछि स्थानीय बासिन्दा निकै उत्साहित भएका छन् ।।