शिवु खनाल
देउखुरी, ८ साउन
राप्ती नदीमा बगेर वेपत्ता भएका लमही नगरपालिका वडा नम्बर ९ कोल्तरा निवासी वर्ष ५२ का रामलाल कुमाल मृत अवस्थामा भेटिएका छन ।
लमही नगरपालिका वडा नम्बर ९ अमिलियाको राप्ती घाटमा भैसिं चराउन गएका मानिसले देखेर प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा इलाका प्रहरी कार्यालय अमिलियाको टोली पुगेको लमही नगरपालिका नम्बर ९ का वडाध्यक्ष भेष बहादुर केसी (रमेश)ले जानकारी दिनु भयो ।
साउन ३ गते बुधवार राजपुर गाउँपालिका-७ सिक्टाबाट काम सकेर अपरान्ह घर फर्किने समयमा उनि राप्ती नदीमा बगेर बेपत्ता भएका थिए । बेपत्ता भएका कुमालको स्थानीय र सुरक्षाकर्मीद्वारा खोजि कार्य गर्दा समेत फेला पर्न सकेका थिएनन् ।
मृतकका आफन्तहरुलाई खबर भैसकेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।।