निरला अर्याल
असार २६
राप्ति आँखा अस्पताल रक्षाचौर तुलसीपुरको परिसर भित्र जंगली जनावर घाइते अबस्थामा फेला परेको छ ।
अस्पतालको ओपीडि कक्ष नजिकै मगंलबार घाइते अवस्थामा रतुवा (राते) फेला परेको हो ।
विहान करिव ८ बजेको समयमा सरसफाई गर्ने बेला सुतिरहेको अवस्थामा घाइते रतुवा भेटिएको राप्ति आँखा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सन्तोष सुवेदीले जानकारी दिनु भयो ।
करिब ४३ इन्च लम्बाई र उचाई १२ इन्च रहेको रतुवाकोको मुख, गर्धन, आँखा र शरीरको अन्य भागमा चोट लागेको छ । अस्पताल परिसर भित्र रतुवा फेला परेपछि तुलसीपुर सब डिभिजन वन कार्यालय संपर्क बुझाइएको अस्पतालका निमित्त प्रशासक सालिकराम गौतमले जानकारी दिनु भयो ।
बाइट…………
घाँटी निर को घाउ हेर्दा कुकुर वा अन्य वन्यजन्तुको आक्रमण परेको हुन सक्ने तुलसीपुर सब डिभिजन वन कार्यालयका बन् रक्षक बहादुर रेउलेलको भनाई छ ।
घाइते अवस्थामा आएको रतुवालाई उपचार गरी सुरक्षित ठाउँमा राखिएको रेन्जर सर्जन ओलीले बताउनु भयो ।
बाइट ………
अस्पताल क्षेत्र सुरक्षीत देखेर आसपासको वन जंगलबाट भित्र प्रबेश गरेको हुन सक्ने अनुमान गरिएको छ ।