एमाले सरकामा जाने पक्षमा छैन, सरकारतिर हेरेको पनि छैन : केपी ओली

काठमाडौं, असार २६ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बर्तमान सरकारको तागत नै झुट बोल्नु भएको बताउनु भएको छ । एमाले बागमती प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफ्नो पार्टीविरुद्ध भ्रम छर्ने षड्यन्त्र भइरहेको तथ्यसमेत राख्नुभएको छ ।

‘केटाकेटीको बल नै रुनमा हुन्छ, बाआमाले टेरेन भने रोएरै आफ्नो पक्षमा पर्छ’ अध्यक्ष ओलीले भन्नुभयो, ‘अहिलेको सरकारको तागत झुट बोल्ने अफवाह फैलाउने हो । गठबन्धनको यही देखिन्छ ।’ पशुपतिनाथ मन्दिरमा सुन भनेर पित्तलको जलहरी राखेको भनेर प्रचार गरिएको तथा मिटर ब्याजसम्बन्धी अध्यादेश रोकेको भनेर प्रचार गरेको भन्दै अध्यक्ष ओलीले अफवाह फैलाउने काम मात्रै भएको बताउनु भयो ।

सम्बोधनको क्रममा ओलीले एमालेलाई सरकारमा जान कुनै हतारो नभएको बताउनु भयो । उहाँले अहिले एमालले सरकार तिर हेर्दा पनि नहेरेको बताउनुभयो । यता र उता टेको लगाएर एमाले सरकामा जाने पक्षमा नरहेको प्रष्ट पार्नुभयो । परिणाम ननिस्कने खेलमा एमाले नरहेको उहाँले बताउनुभयो । एमाले गन्तव्य भएको पार्टी भएकोले जथाभाबी नदौडने उहाँले प्रष्ट पार्नुभयो ।