घोराही । रोल्पाली समाज सेवा दाङले वातावरण संरक्षणका लागि बृक्षारोपण अभियान सुरु गरेको छ । घोराही उपमहानगरपालिका वडा नम्वर १८ स्थित कालिका सामुदायिक वनमा शुक्रबार एक कार्यक्रमका बीच ६ सय साठी विरुवा समाजको तर्फबाट रोपिएको छ । समाजले थप बिरुवाहरु पनि केही समयमा नै अन्य सामुदायिक वनहरुमा रोप्ने कार्यक्रम रहेको छ ।
समाजका अध्यक्ष मदन वलीको नेतृत्वमा सामुदायिक वनमा पुगेको टोलीले गुलमोहर, धुपे सल्ला, अमलिसा, टिमुर, दालचिनी, मेलेसियन साल, कल्की, लहरे बैस, सल्ला र अन्य बिरुवाहरु रोपेको हो । बृक्षारोपण कार्यक्रममा समाजमा आबद्ध सदस्यहरु, सुरक्षाकर्मी, टोल विकास संस्था, वन समूहका पदाधिकारीहरुको सहभागिता रहेको थियो । रोल्पाली समाज सेवा दाङका अध्यक्ष मदन वलीको अध्यक्षत्ता एवं उपप्रमुख हुमा कुमारी डिसीको प्रमुख आतिथ्यतामा सम्पन्न बृक्षारोपण कार्यक्रममा सचिव कृष्ण बुढामगर, कालिका सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष यशोदा पाण्डेय, नेपाली सेनाका मेजर डम्बर लामीछाने मगर, घोराही वडा १८ का अध्यक्ष भरत अर्यालय, वडा नम्वर १४ का अध्यक्ष भानसिंग बुढा, वडा नम्वर १४ का निवर्तमान अध्यक्ष शक्तिराम डाँगीलगायतकाले बोल्नु भएको थियो ।
