अखिल क्रान्तिकारी दाङ्ले गर्यो स्ववियु पदाधिकारीलाई सम्मान

जेठ ६, घोराही।
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र निकटको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले दाङका विभिन्न क्याम्पसका स्ववियु चुनावमा निर्वाचित हुनेहरुलाई आज सम्मान गरेको छ ।
अखिल क्रान्तिकारीले आज दाङको घोराहीमा रहेको महेन्द्र बहुमुखी क्याम्पसमा स्ववियु सम्मान तथा प्रशिक्षण कार्यक्रम राखेको थियो।

संगठनका जिल्ला संयोजक गिर बहादुर महराको अध्यक्षता तथा पार्टीका केन्द्रीय सदस्य एवं दाङ जिल्ला इन्चार्ज निर्मल आचार्यको प्रमुख आतिथ्यतामा आज शनिवार घोराहीमा बधाई तथा सम्मान कार्यक्रम गरिएको थियो ।

त्यसक्रममा जिल्लाका विभिन्न क्यापसहरुमा स्ववियु मार्फत विभिन्न पदाधिकारीमा निर्वाचित विध्यार्थीलाई सम्मान गरिएको हो ।

सो अवसरमा प्रमुख अतिथी आचार्यले विद्यार्थीहरुको हक हितको लागि स्ववियु पदाधिकारीहरुको महत्त्वपूर्ण भुमिका रहेको भन्दै आफ्नो पद अनुरुप जिम्मेवारी ग्रहण गर्नुहुन सम्पूर्ण पदाधिकारीलाई आग्रह गर्नुभएको थियो।

सो अवसरमा प्रमुख अतिथी पार्टीका केन्द्रीय सदस्य एवं दाङ इञ्चार्ज निर्मल आचार्य , अखिल क्रान्तिकारीका दाङ इञ्चार्ज बिन्दु खड्का , प्रदेश उपाध्यक्ष भिम खरेल, प्रदेश सचिव मदन जि.एम लगायतले शुभकामना तथा प्रशिक्षण मन्तव्य व्यक्त गर्नुभएको थियो ।