जनप्रिय माविमा ट्राफिक सचेतना कार्यक्रम

वैशाख १९, २०८० ।तुलसीपुर
एक कार्यक्रमकाबीच जनप्रिय इङ्लिस स्कुल तुलसीपुर २ बालापुर दाङमा बढ्दाे सडक दुर्घटना र न्यूनीकरणका उपायहरु विषयमा जनचेतनामूलक ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको छ।
इलाका ट्राफिक कार्यालय तुलसीपुरका प्रमुख तीर्थ भुषाल र तुलसीपुर बागर सडकखण्डका ट्राफिक इन्चार्ज डिल्लीराज आचार्यले विद्यार्थीलाई बढ्दाे सडक दुर्घटना र न्यूनीकरणका विषयमा श्रव्य र दृश्य माध्यमबाट प्रकाश पार्नुभएकाे थियाे। कार्यक्रममा कक्षा ६ देखि १० सम्मका करिब १९० विद्यार्थीहरुकाे सहभागीता रहेकाे थियाे। कार्यक्रमकाे सहजीकरण विद्यालयका शिक्षक अङ्कित आचार्यले गर्नुभएको थियाे भने प्रशिक्षक ट्राफिक प्रहरीद्वय तीर्थ भुषाल र डिल्लीराज आचार्यलाई विद्यालयका प्राचार्य प्रकाश कुमार शर्माले खादा लगाएर स्वागत गर्नुभएकाे थियाे।