माओवादी केन्द्रले गर्‍यो शुभकामना आदानप्रदान कार्यक्रम

प्रविन योगी, हेकुलि।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) दंगीशरण गाउँ कमिटीको आयोजनामा नयाँ बर्ष २०८० को पावन अवसरमा आज एक कार्यक्रमका विच शुभकामना आदानप्रदान गरिएको छ ।
आज दंगीशरण गाउँपालिका वडा न ५ को थारु कल्चरल भिलेज रानीबनमा वनभोज कार्यक्रम आयोजना गर्दै शुभकामना आदानप्रदान कार्यक्रम गरियको हो ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य तथा लुम्बिनी प्रदेश सभा सदस्य माननिय धन बहादुर मास्की ‘राजेश’ को प्रमुख आतिथ्यतामा शुभकामना कार्यक्रम गरियको हो।
कार्यक्रममा लुम्बिनी प्रदेश सचीवालय सदस्य भिम बहादुर वलि ड्राइभर प्रदेश सदस्य हिरालाल चौधरी बज्र लगायतका नेताहरूको उपस्तिथि रहेको थियो।
पश्चिम दाङका बबई, शान्तिनगर र दंगीशरण गाउँपलिकामा रहेका पार्टी निकट विद्यार्थी , महिला, कर्मचारी, शिक्षक पत्रकार लगायतका संगठका नेता तथा प्रतिनिधिको उपस्थितिमा कार्यक्रम सम्पन्न भयको हो।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) दंगीशरण गाउँ कमिटीका अध्यक्ष मनिराम चौधरीको अध्यक्षता तथा गाउँ कमिटीका उपाध्यक्ष वीर बहादुर वलीको प्रायोजनमा भयको शुभकामना आदानप्रदान कार्यक्रमको सहजीकरण गाउँ कमिटी सचीव दिपक गौतम ‘डिएल’ले गर्नु भयको हो।

त्यस्तै सोही कार्यक्रममा नेकपा एमाले सम्बद्ध युवा संघ नेपाल परित्याग गरि केही युवाहरु नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । युव संघका गाउँ कमिटी सदस्य सन्तोष बुढाथोकी र युवासंघ नेपालका वडा न ७ का अध्यक्ष एकराज वली सहित अजय बि.क रहनुभएको छ। प्रवेश गरेका युवाहरूलाई प्रमुख अतिथि मास्कीले स्वागत गर्नु भएको हो ।