राप्तीमा आधारभूत स्काउटको तालिम शुरु

प्रविन योगी लालमटिया ।
स्थानीय स्काउट कार्यालय राप्ती गाउँपालिका दाङको आयोजनामा राप्ती गाउँपालिकामा रहेका सामुदायिक विद्यालयका शिक्षकहरुका लागि स्काउटको आधारभूत तालिम शनिबारबाट लालमटियामा शुरु भएको छ।

राप्ती गाउँपालिकाको आर्थिक सहयोगमा स्थानीय स्काउट राप्ती गाउँपालिका दाङको आयोजनामा आदर्श नमुना मा.वि.लालमटियाको परिसरमा आयोजना गरेको तालिमको उद्घाटन प्रमुख अतिथि राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विस्टले गर्नुभएको थियो ।

तालिम उत्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि बिस्टले स्काउटको माध्यमबाट भएका गतिविधिले बिद्यालय र समुदायमा बालबालिकाको सकारात्मक भुमिका रहने बताउनु भयो । विद्यार्थीहरुमा अनुशासन र रास्ट्रप्रतिको प्रेम वढाउनका निम्ति स्काउटको भुमिका महत्त्वपूर्ण हुने भन्दै उहाले सम्पूर्ण शिक्षकहरुलाई सकारात्मक हुन आग्रह गर्नुभयो। अहिलेको आर्थिक संकटको अवस्था आउनका निम्ति श्रम गर्ने बानीमा विकास नहुने भएका कारण यस्तो भएको भन्दै शिक्षक र विद्यार्थीहरुमा श्रम गर्ने बानिको बिकास गर्नका लागि शिक्षकहरु सक्रिय भइ लाग्नु पर्ने बताउनु भयो।
तालिममा २२ जना पुरुष शिक्षकहरुको सहभागिता रहेको छ ।
राप्ती गाउँपलिकाको आर्थिक सहयोगमा संचालित कार्यक्रम ६ दिन सम्म चल्नेछ।