चैत , २४ प्यूठान श्रीधर खड्का
स्वर्गद्वारी नगरपालिका वडा नम्बर ४ गोठिबाङ प्यूठानमा दुर्घटना हुँदा एसइइ परीक्षा दिने एक परीक्षार्थीको मृत्यु भएको छ।
विद्यानन्द मा वि जुडापाटा परीक्षाकेन्द्रमा एसइइ परीक्षा दिएका विद्यार्थीलाई फर्काउदै गरेको लोक चेतना एकेडेमीको लु १ क १०९४ नम्बरको स्कुलबसलाई स्वर्गद्वारी नगरपालिका वडा नम्बर ४ को कार्यालय अगाडि गोठिबाङमा मोटरसाइकलले ओभरटेक गर्न खोजेको थियो । ओभरटेक गर्दै गर्दा लु ६६ प ५३४९ नम्बरको मोटरसाइकल स्कुल बसमा पछाडिबाट ठोक्किएर मोटरसाइकलमा सवार गम्भीर घाइते भएका प्रतीक घर्तीको अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको जानकारी प्राप्त भएको इलाका प्रहरी कार्यालय भिङ्ग्रीले जानकारी दिएको छ ।
प्रतीक घर्ती बेलबास माध्यामिक विद्यालय तापामा अध्ययनरत थिए । वडा नम्बर ७ तापाका १५ वर्षीय प्रतिकले विद्यानन्द मा वि परीक्षा केन्द्रमा एस ई ई परीक्षा दिदै थिए । बाकी बिस्तृत जानकारी आउन भने बाकी रहेको इलाका प्रहरी कार्यालय भिङ्ग्री प्यूठानले बताएको छ।
बस र बस चालक अहिले प्रहरी नियन्त्रणमा छन ।
स्कुलबसमा ठोकिदा एसईई परिक्षार्थीको मृत्यु

ट्रेन्डिङ