खाजा खर्च कटाएर मानव सेवा आश्रमलाई सहयाेग

अङ्कित आचार्य। तुलसीपुर -२ बालापुर, दाङमा अवस्थित जनप्रिय इङ्लिस स्कुलमा कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरुले आफ्नाे खाजा खर्च कटाएर तुलसीपुरमा अवस्थित मानव सेवा आश्रम पुगि आश्रम अवलाेकनकाे साथै त्यहाँ रहेका जिउदा भगवान् रुपि आश्रितहरुलाई सहयाेग गरेका छन् । विद्यार्थीहरुले जाडाेकाे लागि,भान्छाका लागि र सरसफाइका लागि आवश्यक पर्ने सामग्री साथै फलफूल,मिठाइँ सहयाेग स्वरुप आश्रम व्यवस्थापक सिर्जना अधिकारीलाई हस्तान्तरण गरेका थिए। व्यवस्थापक अधिकारीले संस्कार हराउदै गइरहेकाे हाम्रो समाजमा विद्यार्थीमा यसरी सकारात्मक साेचकाे विकास भएकाेमा विद्यार्थीकाे उच्चकण्ठले प्रशंसा गर्नुभएको थियाे। किताबका पानाहरुमा पढेका कुरालाई प्रत्यक्ष अवलाेकन गर्न पाएकाेमा आफूहरु खुसी भएकाे र अर्कोतिर आश्रित आमाबुवा देख्दा दुःख लागेकाे विद्यार्थी रेशम डाँगीले बताए। यहाँ देखेका ,अनुभव र अनुभूति गरेका दृश्यले जीवनलाई नै माेडिदिएकाे अर्की छात्रा अनिता याेगीले बताइन्। वेला वेला यस्ता अवलाेकनहरुले विद्यार्थीमा सकारात्मक भावनाकाे साथसाथै संस्कार ,सभ्यता र मानवताकाे विकास गराउने धारणा शिक्षक बासुदेव आचार्यले राख्नुभएकाे थियाे । कार्यक्रमकाे सहजिकरण मानवसेवा आश्रम तुलसीपुर शाखा प्रमुख सिर्जना अधिकारीले गर्नुभएको थियाे ।