हेकुली,२७ असाेज। दिप्तिशिखा चौधरी । समृद्धको आधार,शान्ति विकास र अधिकार भन्ने मुल नाराका साथ समृद्ध समाज दाङको दोस्रो बार्षिक साधारणसभा तथा सामाजिक लेखा परिक्षण कार्यक्रम दंगीशरण गाउँपालिकाको हेकुलिमा सम्पन्न भएको छ । समृद्ध समाज दाङकि अध्यक्ष दिल कुमारी बिकको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आथित्यता तथा निबर्तमान गाउँपालिका अध्यक्ष भागिराम चौधरी र सहकर्मि समाज दाङका निर्देशक पुनाराम पन्थिको बिशिस्ट आथित्यतामा साधारण शभा सम्पन्न भएको हो ।
सभामा गाउँपालिका भित्रका ७ वटा वडामा रहेका ५१ वटा समुहरुका महिलाहरुको उल्लेखनीय सहभागीता रहेकाे थियाे ।
कार्यक्रममा उत्कृष्ट काम गर्ने वडा न ६ को प्रगतिशील टोल समुह लाइ पुरुस्कृत समेत गरिएको थियो । कार्यक्रममा बिभिन्न नृत्य , गित , तथा सडक नाटक समेत प्रदर्शन गरिएको थियो ।