दाङ ३ बाट कोमल वलीलाई उम्मेदवार बनाउने एमालेको निर्णय

तुलसीपुर,नेकपा एमाले प्रतिनिधि सभातर्फ दाङ निर्वाचन क्षेत्र नम्बर ३ बाट कोमल वलीलाई उम्मेदवार बनाउने भएको छ ।

यसअघि राष्ट्रिय सभा सदस्यसमेत रहेकी वलीलाई एमालेले प्रत्यक्षतर्फ दाङ ३ बाट उम्मेदवार बनाउने भएको हो । २०७४ सालको निर्वाचनपछि राष्ट्रिय सभा सदस्य बनेकी उनी ४ वर्षे कार्यकाल पूरा गरेर निवर्तमान बनेकी थिइन् ।

उक्त क्षेत्रबाट यसअघि २०७४ सालको निर्वाचन एमाले(समाजवादी )का हिराचन्द्र केसी विजयी भएका थिए । उनी हाल ए. समाजवादीका तर्फबाट नेपाल सरकारका स्वास्थ्य राज्यमन्त्री समेत रहेका छन् ।

त्यस्तै १ नम्बर क्षेत्रमा शान्ता चौधरी प्रदेशसभा तर्फ (क) मा गंगाराम भट्टराई र (ख) मा कुलप्रसाद केसीले टिकट पाएका छन् ।२ मा शंकर पोख्रेल प्रदेश तर्फ (क) बलिभद्र राना र (ख) मा गिरिराज केसीले टिकट पाएका छन् । त्यसैगरी ३ मा प्रदेश तर्फ (क) मा घनश्याम पाण्डे र (ख) हुकुमबहादुर बस्नेत उम्मेदवार बन्ने भएका छन् ।