महासचिव शंकर पोखरेल २ न. क्षेत्रवाट एकल सिफारिस

तुलसीपुर, भदौ १९ गते । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेकपा (एमाले) का महासचिव शंकर पोखरेलको नाम एकल सिफारिस गरिएको छ । एमाले क्षेत्रीय समन्वय कमिटीको आइतबार घोराहीमा बसेको बैठकले महासचिव पोखरेललाई प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि एकल उम्मेद्वार छनोट गरेर पठाएको हो ।

नेकपा एमाले दाङका प्रचार विभाग प्रमुख सविन प्रियासनका अनुसार पोखरेलको नाम सर्वसहमतिमा सिफारिस भएको हो ।