भदौ १८,तुलसीपुर ।
नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्व सिंचाइ मन्त्री दीपक गिरी दाङ क्षेत्र नं. ३ बाट सिफारिस भएका छन् । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा संघतर्फ प्रत्यक्ष उम्मेदवार बनाउन गिरीलाई प्रतिनिधिसभा क्षेत्र नम्बर ३ ले जिल्ला कार्यसमितिमा सिफारिस गरेको हो ।
जिल्लाले रायसहित प्रदेश कार्यसमिति र प्रदेशले केन्द्रलाई नाम बुझाउनेछ । गिरीसंगै कमानसिंह डाँगी, यमप्रसाद पाण्डे, विजुल विश्वकर्मा, मदन रसिक र राजेन्द्र धितालको नाम समेत सिफारिस गरेको छ । गिरी २०७४ को निर्वाचनमा सोही क्षेत्रबाट बाम गठबन्धनका उम्मेदवार हिराचन्द्र केसी संग पराजित भएका थिए । यस्तै समानुपातिकतर्फ केन्द्रीय सदस्य गेहेन्द्र गिरी , संविधानसभा सदस्य बुद्धिराम भण्डारी, निवर्तमान पार्टी सभापति किर्तीबहादुर खड्का, घनश्याम सुनार, देविका नेपाली घिमिरे र चुर्णबहादुर चौधरीलाई सिफारिस गरिएको छ । ३ (क) बाट प्रदेशसभाका लागि प्रत्यक्षतर्फ ८ जना र समानुपातिकतर्फ १९ जनाको नाम सिफारिस गरिएको सभापति देवेन्द्र रिजालले जानकारी दिनुभयको हो ।
प्रत्यक्षतर्फ डिल्लीबहादुर चौधरी, शंकर गिरी, देवेन्द्र रिजाल, टोपबहादुर केसी, किरण शाह, डा नहकुल केसी, युवराज खड्का र एकराज आचार्यको नाम सिफारिस गरिएको छ । चौधरी लुम्बिनी प्रदेश सरकारका पर्यटन, ग्रामीण तथा शहरी विकास मन्त्रालय मन्त्री हुन् भने गिरी लुम्बिनी प्रदेशका सांसद हुन् ।
यस्तै समानुपातिकमा पुरुषतर्फ जोगेन्द्र विश्वकर्मा, कृष्णकुमार गिरी, ऋषिराज लहरे (अरुण), प्रदिप खड्का, टेकबहादुर वली, चेतबहादुर सेर्पाइली, सुरेन्द्रबहादुर खड्का, अर्जुन गिरी, मदनराज धिताल, लिलाधर लम्साल, देवीप्रसाद हलवाई र दलबहादुर विक सिफारिसमा परेका छन् । समानुपातिक महिलातर्फ शुष्मा गिरी, देवा डाँगी, चित्रा गिरी, कविता शर्मा, केवलापति चौधरी, यमुना कँडेल शाह र अर्चना रेग्मी छन् ।
यस्तै दाङ ३ (ख) बाट जिल्ला सभापति शंकरप्रसाद डाँगीसहित ८ जना प्रत्यक्षतर्फ सिफारिस भएका छन् । केशवराज आचार्य, टिकाराम घर्ती, खिमप्रसाद खराल, होमप्रकाश गौतम, सुवोध डाँगी र चुडामणि ढकाल सिफारिसमा परेको प्रदेश क्षेत्रीय सभापति खिमबहादुर वलीले बताए । आचार्य २०७४ को उपनिर्वाचनमा ३ (ख) बाट निर्वाचन लडेका थिए । बाम गठबन्धनकी उम्मेदवार विमला वलीसंग उनी पराजित भएका थिए ।
समानुपातिक पुरुषतर्फ क्षेत्रीय सभापति जगतबहादुर खड्का, महादेव शाह, भरत केसी र मधु चौधरी तथा महिलातर्फ मिथिला शाह, पद्मा चौधरी, पार्वती पुन, कुन्ती डिसी भण्डारी र तारा भण्डारीलाई सिफारिस गरिएको वलीले जानकारी दिनुभयो ।