माओवादी केन्द्रको महासचिवमा देव गुरुङ, को को छन् त पदाधिकारी भित्र ?

नेकपा माओवादी केन्द्रले पार्टीको महासचिवमा देव गुरुङलाई चयन गरेको छ। शनिबार बसेको स्थायी समिति बैठकले २१ सदस्यीय पदाधिकारी टुंगो लगाएको हो। सबैभन्दा बढी चासो रहेको महासचिवमा गुरुङ सर्वसम्मत चयन भएका हुन्। यसअघि सो पदमा वर्षमान पुन र जनार्दन शर्माको दाबी थियो।

उनीहरुलाई उपमहासचिव बनाइएको छ। माओवादीले २१ जनाको पदाधिकारीमा एक जना अध्यक्ष, एक जना वरिष्ठ उपाध्यक्ष, एक जना उपाध्यक्ष एक जना महासचिव, ७ जना उपमहासचिव, ९ जना सचिव र एक जना कोषाध्यक्ष बनाएको छ।

माओवादीले गत पुसमै महाधिवेशन गरे पनि पदाधिकारी चयन गर्न सकेको थिएन। यी हुन् माओवादीका पदाधिकारीः

अध्यक्ष : पुष्पकमल दाहाल ‘प्रचण्ड’ वरिष्ठ उपाध्यक्ष : नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ उपाध्यक्ष : कृष्णबहादुर महरा महासचिव : देव गुरुङ

उपमहासचिव : वर्षमान पुन, पम्फा भुसाल, जनार्दन शर्मा, गिरिराजमणि पोखरेल, शक्ति बस्नेत, मात्रिका यादव,हरिबोल गजुरेल

सचिव : दीनानाथ शर्मा, चक्रपाणि खनाल, देवेन्द्र पौडेल, लीलामणि पोखरेल, गणेश शाह, हितमान शाक्य, हितराज पाण्डे, डिलाराम आचार्य र राम कार्की त्यसैगरी कोषाध्यक्ष : श्रीराम ढकाल प्रशान्त रहेका छन् ।