दंगीशरण गाँउपालिका वडा नं.१ मा नेपाली कांग्रेसका तर्फबाट वडाअध्यक्ष पदका उम्मेदवार रमेश भण्डारी सहित उनको पुरै प्यानल विजयी भएको छ ।
भण्डारीले ६ सय ४४ मत ल्यायर बिजयी भएका हुन । उनका निकटम प्रतिद्वन्द्वी एमालेका श्रीप्रसाद चौधरीले ५ सय ५३ मत मात्रै ल्याएका हुन । भण्डारीले ९१ मतको अन्तरले जितेका हुन ।
कांग्रेसकै खुल्ला सदस्यहरु चन्द्रलाल चौधरी, मीना चौधरी, महिला सदस्य हुमा गिरी र दलित महिला सदस्य लक्ष्मी परियार बिजयी भएका हुन ।
पराजित चौधरी २०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेवाट वडा अध्यक्षमा बिजयी भएका थिए । निर्वाचन कार्यालयले घोषणा भने गरेको छैन । २०५५ मतदाता रहेकोमा १३९४ मत खसेको थियो ।