बाबुको नीधन भएपछि तुल्सिपुर १७ मा छोरालाई उम्मेदवार बनाउदै नेकपा एमाले

नेकपा एमालेले तुल्सिपुर उप महानगरपालिका वडा नं १७ मा वडा अध्यक्षको उम्मेदवारमा प्रकाश चौधरी लाई उम्मेदवार बनाउने निर्णय गरेको छ । यस अघि तुल्सिपुर उप महानगरपालिका वडा नं १७ को वडा अध्यक्षमा नेकपा एमालेबाट उम्मेदवार भएका लवरू चौधरी को निधन भएपछि, उनका छोरा प्रकाश चौधरी लाई उम्मेदवार बनाउने निर्णय भएको पार्टीका केन्द्रीय सदस्य तथा तुल्सिपुर उप महानगरपालिकाका मेयर घनश्याम पाण्डेले जानकारी दिनुभएको छ।
उक्त वडामा यहि जेठ ३ गते निर्वाचन हुने भएको छ ।