टुरिष्ट मेयरले तुलसीपुर डुवाए, तुलसीपुर डुबाउन एमालेले टुरिष्ट उपमेयर अघि सारे

तुलसीपुर,२६ वैशाख ।
तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेलाई निर्वाचनका बेला सबैले‘टुरिष्ट’ मेयर भने । टुरिष्ट मेयरलाई जिताएमा तुलसीपुरको विकास गर्दैनन्, विदेश गएर बस्छन्, भनेर नारा लगाईयो । तर, तिनै घनश्यामले जिते र, जनताले जे आशंका गरेका थिए ।त्यस्तै भयो । घनश्याम पाण्डे विधि मिचेर उपप्रमुख हुँदाहुँदै वडाध्यक्षलाई कार्यबहाक मेयरको जिम्मा दिदै विदेश भ्रमणमा डिहे । त्यो पनि राज्य स्रोतको चरम दोहन गरेर । उनी तुलसीपुर उपमहानगरपालिकाको स्रोत साधनको दुरुपयोग गर्दै विदेशमा मोजमस्ती गरे । यता वडाध्यक्षहरुले शक्तिको चरम दुरुपयोग गर्दै अरवौं ऋणमा डुबाए । त्यसैले त अहिले निकै आलोचना हुने गरेको छ । यसले एमालेलाई ठूलो धक्का दिएको छ । घनश्याम पाण्डेकै कारण तुलसीपुर एमालेमै धक्का लागेको छ । अब फेरी उपमेयरमा ‘टुरिष्ट’ नै एमालेले अघि सारेको छ । स्यानी चौधरी आफै पनि भन्छिन्‘मेरो मल्टिपल भिसा छ, म पटक–पटक विदेश गएर आउछु ।’ यदि उनले जितिन्, भने उनी पनि विदेश जान्छिन्, भन्ने कुरामा दुई मत छैन । किनकी उनीसंगै अहिले पनि दर्जनबढि देशमा विदेश जाने मल्टिपल भिसा छ । अहिले तुलसीपुर ६ डुम्रीगाउँमा उनले दिदी घर संस्था चलाईरहेकी छिन् । यसमा उनले विदेशीकै सहयोगमा त्यो संस्था चलाएकी हुन् । अमेरिकाबाट सहयोग ल्याएर उनले दिदी घर सञ्चालन गरेकी छिन् । उनले जितेपछि पनि उनी जतिबेला पनि अमेरिकालगायतका देशमा जान सक्ने देखिन्छ । किनकी उनीसंग सहजै विदेश जाने भिषा उपलब्ध छन् ।