हिरालाल ओलि
बबई
१९ बैशाख / माओवादी केन्द्र बबई वडा नं.२ ले आज घरदैलो कार्यक्रमलाई तीब्रता दिएको छ । आज नेकपा माओवादी केन्द्र गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार भिम बहादुर ओलि को नेतृत्वमा वडा नं. २ को मतदाताहरुसंग उम्मेदवारहरुले आफ्नो पक्षमा मत मागेका थिए ।
घर दैलो कार्यक्रममा मतदाताहरुसंग भोट माग्दै गाउँ पालिकाका अध्यक्ष पदका उम्मेदवार भिम बहादुर ओलि ले स्वास्थ्य ,शिक्षा र कृषि लाई पहिलो प्राथमिकता दिने बताएका छन् ।
घर दैलो कार्यक्रममा उपाध्यक्ष पदकी उम्मेदवार अन्जु घर्ती मगर, २ नम्बर वडाका अध्यक्ष पदका उम्मेदवार एकलाल घर्ती मगर( धुर्ब) र अन्य सदस्य लगायत सयौ कार्यकर्ताको घरदैलो कार्यक्रममा सहभागिता रहेको थियो। ।