दंगीशरण गाउँपालीकामा नेकपा माओवादी केन्द्रले चुनावी प्रशिक्षण कार्यक्रम वडा न ५ को कुरि टोलमा पालिका स्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
व्यवस्था बदल्नका लागि आफुहरु युद्धमा होमिएको र अब यहाँका जनजाति तथा पिछडिएका क्षेत्रको आम नागरिकहरुकोआर्थिक उन्नतिका लागि आफुहरु हमेशा लागि पर्ने उम्मेदवारहरुको प्रतिबद्धता राख्नु भयो ।
प्रशिक्षण कार्यक्रमको प्रमुख अतिथिका रुपमा रहनुभयका पार्टीका केन्द्रिय सदस्य जग प्रसाद शर्मा अपारले थारू बाहुल्यता रहेको दंगीशरण गाउँपालीकामा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा पार्टीले थारुहरुको सम्मान गर्नलाई उम्मेदवार उठाउन सक्नु नै जित भएको बताउनुभयो । उहाँले माओवादी केन्द्रकै नीति र व्यवस्था अन्तर्गत मुलुक चलेको भन्दै व्यवस्था परिवर्तनको लागि अब गाउँ पालिकाको नेतृत्वको जिम्मेवारी माओवादी केन्द्रलाई दिनुपर्नेमा जोड दिनुभयो ।
प्रशिक्षण कार्यक्रमलाई सम्बोधन पार्टीका केन्द्रिय सदस्य धन बहादुर मास्के , लुम्बिनी प्रदेशका स्वास्थ्य राज्यमन्त्री मा. विमला कुमारी खत्री लगायतका नेताहरूले सम्बोधन गर्नु भएको हो ।
लुम्बिनी प्रदेश सदस्य तथा पालिका इन्चार्ज हिरालाल चौधरी बज्रको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण पालिका सह इन्चार्ज भिम बहादुर वलि महेशले गर्नु भएको हो ।