दंगीशरण गाउँपालीकामा नेकपा माओवादी केन्द्रका उम्मेदवारहरु स्थानीय निर्वाचनका लागि मनोनयन दर्ता गराए संगै जनभेटघाट कार्यक्रमलाई सक्रिय बनायका छन् । गाउँपालीकाको अध्यक्ष पदका उम्मेदवार मनिराम चौधरी जेहेन्दार र उपाध्यक्ष निर्मला चौधरी विनिताले ६ न वडा द्वारा आयोजित जन भेटघाट तथा थपगाउ टोलसभा कार्यक्रमलाई सम्बोधन गरेका छ्न ।
व्यवस्था बदल्नका लागि आफुहरु युद्धमा होमिएको र अब यहाँका जनजाति तथा पिछडिएका क्षेत्रको आम नागरिकहरुकोआर्थिक उन्नतिका लागि आफुहरु हमेशा लागि पर्ने वाचा गर्नु भयो ।
कार्यक्रमको प्रमुख अतिथिका रुपमा रहनुभयका पार्टीका केन्द्रिय सदस्य धन बहादुर मास्के राजेशले थारू बाहुल्यता रहेको दंगीशरण गाउँपालीकामा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा माओवादीले उम्मेदवार थारुलाई उठाउन सक्नु नै जितको पहिलो पाइला रहेको बताउनुभयो । उहाँले माओवादी केन्द्रकै नीति र व्यवस्था अन्तर्गत मुलुक चलेको भन्दै अवस्था वस्था परिवर्तनको लागि अब गाउँ पालिकाको नेतृत्वको जिम्मेवारी माओवादी केन्द्रलाई दिनुहुन अनुरोध गर्नुभयो ।
बैठक लाई लुम्बिनी सदस्य तथा गाउँपालिका इन्चार्ज हिरालाल चौधरी बज्र प्रदेश सदस्य भिम बहादुर ओलि महेश लगायतले सम्बोधन गरेका थिय ।
६ न वडा कमिटीका अध्यक्ष भरथरे चौधरी भोलमको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण वडा कमिटी सचीव बाल कृष्ण खड्काले गर्नु भएको हो ।