दंगीशरण गाउँपालीकामा नेकपा माओवादी केन्द्रका उम्मेदवारले स्थानीय निर्वाचनका लागि मनोनयन दर्ता गराएका छन् । गाउँपालीकाको अध्यक्षमा मनिराम चौधरी जेहेन्दार र उपाध्यक्षमा निर्मला चौधरी विनिताले उम्मेदवारी दर्ता गराएका छन् ।
सरल र सभ्य तरिकाले नेता कार्यकर्ताहरू उम्मेदवारी दर्ता गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालय हेकुलीमा पुगेका थिए ।
दंगीशरण गाउँपालिकामा वडा नम्बर १ मा हरिप्रसाद कामी , वडा नम्बर २ मा दिल बहादुर दमाई, वडा नम्बर ३ मा खड्गविर चौधरी, वडा नम्बर ४ मा ठाकुर प्रसाद चौधरी , वडा नम्बर ५ मा दिपक गौतम , वडा नम्बर ६ मा नुम बहादुर डाङी , वडा नम्बर ७ मा विर बहादुर वलिले मनोनयन दर्ता गराएका छन् ।
साथै यसपटक पार्टिमा युवा पुस्ताहरुको पनि आकर्षण बढेको छ जस अन्तर्गत वडा १ मा खुल्ला सदस्यका लागि २२ बर्षिया मनाङगिता ककरेल र वडा न ४ मा दलित महिला सदस्यमा २२ बर्षिया अनिषा वि. क. ले पनि उम्मेदवार दर्ता गरायका छ्न |
उम्मेदवारी दर्तापछि गाउँपालीकाका प्रमुख पदका उम्मेदवार मनिराम चौधरीले सबैको साथ सहयोग र सद्भावबाट आफूले चुनाव जित्ने विश्वास व्यक्त गर्दै दंगीशरण बासीको भावनालाई सम्बोधन गरी १० बर्से महान जनयुद्धका मार्फत प्राप्त उपलब्धि संघीयताको रक्षा गर्दै गाउँ गाउँमा सिंहदरबारको प्रत्याभूत गराउन आफू हमेशा भौतिक तथा मानवीय विकासमा सक्रिय भइ आगाडि बढ्ने बाचा व्यक्त गरेका छन्।