सत्ता गठबन्धनका नेताको बैठक जारी

काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध पाँच दलका शीर्ष नेताहरूको बैठक जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बसेको नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ ।

स्थानीय तह निर्वाचन, चुनावी तालमेल, तालमेलका कारण उत्पन्न विवादलगायत विषयमा बैठकमा छलफल हुनेछ ।

तालमेलका कारण कतिपय स्थानमा चर्को असन्तुष्टि देखिएको छ । विवादका कारण दलहरूले उमेदवार टुंगो लगाउन सकेका छैनन् ।