गढवा गाउँपालिकामा एक्लै चुनाव लड्ने-काङ्ग्रेस

नेपाली काँग्रेसले गढवा गाउँपालिकामा एक्लै चुनाव लड्ने भएको छ । काँग्रेस गढवाको आज बसेको बैठकले एक्लै चुनाव लड्ने निर्णय गरेको हो ।

बैठकमा गढवा गाउँपालिकाका सातवटै वडा सभापतिको समेत उपस्थिति थियोे ।

गढवाको इकाई समितिले एक्लै चुनाव लड्ने निर्णय बारे दाङ काँग्रेसलाई लिखित जानकारी समेत गराएको छ ।

अन्य दलले हैसियतभन्दा धेरै भाग खोजेकाले गठबन्धन अस्विकार गरी एक्लै चुनाव लड्ने निर्णय गरिएको पालिका सभापति किरण पौडेलले बताए ।