तुलसीपुरको उपप्रमुखको साझा उम्मेदवारमा एस द्वारा राणालाई सिफारिस

दाङको तुलसीपुर उपमहानगरपालिकाको उपप्रमुखमा गठबन्धनबाट जोगबहादुर राणालाई उम्मेदवार बनाउनकालागि सिफारिस गरिएको छ ।

तुलसीपुर उपमहानगरपालिकाको उपप्रमुखमा एकीकृत समाजवादीलाई भाग परेको छ ।जसअनतर्गत पार्टीको प्रदेश कमिटिले उपप्रमुखमा जोगबहादुर राणाको एकल नाम सिफारिस गरिएको हो ।

त्यस्तै बुटवल उपमहानगरपालिका लागि उपप्रमुखमा चिनबहादुर गुरुङलाई सिफारिस गरिएको छ । यी दुबै स्थानीय तहमा प्रमुख पदको लागि नेपाली काङ्ग्रेसलाई भाग परेको छ ।