धारपानी ‘पाण्डवेश्वर धामको’ एक अध्ययन

दाङ जिल्लाको प्रमुख व्यवसायीक केन्द्र घोराही बजारबाट करिव ५ किलोमिटर दक्षिणतर्फ रहेको यो क्षेत्र धार्मिक, सांस्कृतिक र पर्यटकीय दृष्टिकोणले अति नै महत्वपूर्ण स्थान हो । बबई नदीबाट दक्षिणतर्फ चुरे पहाडको फेदमा अवस्थित धारापानी मन्दिर भौगोलिक हिसाबले पनि अति नै सुहाउँदो स्थानमा छ । नेपालकै प्रमुख पर्यटकीय धार्मिक स्थलकारुपमा चिनिने यो मन्दिर ‘पाण्डवेश्वर धामको’ नामबाट पनि उत्तिकै प्रख्यात छ ।
‘परापूर्व कालमा पाँच पाण्डवहरु स्वर्गद्धारी जाने क्रममा यही स्थानमा बसि आरामलाई भगवान शिबको प्राथना गरेको हुनाले यस क्षेत्रको नाम पाण्डेश्वर रहन गएको कुरा हिन्दू धर्म ग्रन्थ अनुसार थाहा पाउन सकिन्छ ।’
विभिद भौगोलिक, सांस्कृतिक, ऐतिहासिक र मानव निर्मित सम्पदाबाट भरिपूर्ण यस क्षेत्रको प्रमुख ऐतिहासिक विषयको रुपमा अलौकिक साजको बृक्षलाई लिइन्छ । जुन पाण्डेश्वर धाम निर्माणको प्रमुख विषय हो ।
कुनै समयमा उक्त रुखलाई कटान गरिएको तर अर्को दिन पूर्ण उठेको कारणले गर्दा यस रुखमा पनि कुनै पौराणिक शक्ति भएको विश्वास गरी सोही रुखलाई संरक्षण गरी पाण्डेश्वर धाम अर्थात धारापानी मन्दिरको निर्माण गरिएको छ ।
यस मन्दिरको पर्यटकको आकर्षण गर्ने प्रमुख संरचना विश्वकै अग्लो त्रिशुल पनि हो । जसको निर्माण सन २०१४ डिसिम्बर १४ मा भएको थियो । उक्त त्रिशुलको उचाई ७२.५ फिट र तौल ८१ क्विन्टल १३ किलो छ । उक्त त्रिशुल सुन, तामा, फलाम आदि जस्ता पञ्चधातु मिलाएर बनाइएको छ । उक्त त्रिशुल बनाउन करिव २० लाख नेपाली रुपैया लागेको हो । भगवान शिबको संकेतकारुपमा रहेको यो त्रिशुल एशीया महादेशका अधिकांश देशसँग परिचित छ । लाखौ पर्यटकको आकर्षणको केन्द्र बन्न पुगेको यस मन्दिरमा उत्तरतर्फ बग्ने बबइ नदी, वरिपरि रहेको हरियाली वन आदि कुराहरुले पनि आनन्दमय वातावरण सिर्जना गरेका छन् ।
मन्दिरको हवनकुण्ड अर्थात टिका प्रहण गर्ने स्थान नजिकै सबै भन्दा पहिले त्यहाँ प्रस्थान गरेका लक्ष्मीकान्त गुरुको सम्झनामा मूर्ती निर्माण गरिएको छ । उहाँकै स्मृतिमा बालव्रम्हचारी लक्ष्मीकान्त गुरु मन्दिर पनि स्थापना गरिएको छ । हरेक शिबरात्रीमा धारपानीमा पाँचदिने पर्वको आयोजना हुने गर्दछ । यसका साथै धारपानी मन्दिरमा २०८० साउन महिनामा आरती पूजा सम्पन्न भएको थियो । उक्त आरती पूजामा लाखौ भक्तजनहरु पाल्नु भएको थियो । धारपानी मन्दिरमा विवाह, पूजा आदि कार्य गर्नको लागि पनि धेरै भक्तजनहरु आउने गर्दछन् । उक्त मन्दिरमा धेरै व्यक्तिहरुबाट आफ्ना स्वर्गीय मातापिताको सम्झनामा विभिद संरचनाहरु निर्माण गरिएको छ ।
पाण्डेश्वर धामका केही मुख्य संरचना तथा ऐतिहासिक विषय बस्तुहरु ः
१) १०८ गौमूखी धारा
२)विश्वकै सबै भन्दा अग्लो त्रिशुल
३) ओम आकारको दह
४) कलात्मक गणेश मन्दिर
५) अलौकिक साजको बृक्ष
६) आकर्षक हनुमान मन्दिर
७) सैरस्तम्भ
८) १०८ पाला
९) १०८ शिबलिंग
१०) बालव्रम्हचारी गुरु मन्दिर
११) हबन कुण्ड
१२) रामजानकी मन्दिर
१३) गायत्री मन्दिर
१४) सूर्यनारायण मन्दिर
१५) भगवती मन्दिर
१६) श्राद्ध घर
१७) कमल पोखरी
१८) गंगाबासुकी नाग मन्दिर
१९) शिब पार्क
२०) तुलसी मोहर
२१) यज्ञ मण्डव
२२) धर्मशाला
केही सुधार गर्नुपर्ने पक्षहरु ः
१) यस क्षेत्रमा उपयुक्त तरिकाले फोहोर व्यवस्थापन नभएकाले फोहोर व्यवस्थापनमा विशेष ध्यान दिनुपर्छ ।
२) विभिन्न मेला तथा आरती पूजामा अत्याधिक भक्तजनको कारणले उनीहरुको उपयुक्त बसाई व्यवस्थापन हुन नसकेकाले प्याराफिटको व्यवस्था गर्न आवश्यक देखिन्छ ।
३) धारपानी मिन्दरमा भक्तजनहरुको लागि पर्याप्त सौचालयको व्यवस्था गर्न जरुरी छ ।
४) मन्दिर जाने बाटो सांघुरो भएका कारण आरती तथा मेलाको समयमा गाडीको जाम तथा दुर्घटना हुन्छ । त्यसैले घोराही बजारबाट धारपानी सम्म जाने बाटो पनि सुधार गर्न आवश्यक देखिन्छ ।
५) १०८ वहुमुखी धारा बनाई सकेको छ । तर उक्त धारामा पानीको व्यवस्था नगरि फूलहरु रोपिएको छ । त्यसैले गहुमुखी धाराबाट पनि पानी आउने बनाउन आवश्यक छ ।
अन्त्यमा ः स्थानीय सरकारको सहयोगमा माथि उल्लेख गरिएका र अन्य कुनै उल्लेख गर्न छुटाइएका विभिन्न सुधार गर्नुपर्ने पक्षलाई औल्याएर सुधार गर्न गएमा उक्त मन्दिर राष्ट्रको मुल्यवान सम्पत्ती र सम्पूर्ण नेपालीको आस्थाका केन्द्र बन्नेछ ।

प्रमोसन अर्याल÷अनिस अधिकारी
पद्मोदय पव्लिक नमूना उमावि भरतपुर, दाङ
कक्षा ः १२, व्यवस्थापन संकाय