प्रो क्लब च्याम्पियनसिपको उद्घाटन खेलमा रुपन्देही

अस्ट्रेलियाका महान क्रिकेटर सेन वार्नको स्मृतिमा भैरहवामा हुन लागेको प्रो क्लब क्रिकेट च्याम्पियनसिपको खेलतालिका सार्वजनिक भएको छ ।

जोहरा स्पोर्टसको आयोजनामा २५ चैतदेखि सुरु हुने प्रतियोगितामा चार विदेशीसहित ८ टोलीको सहभागिता रहनेछ ।

दुई समूहमा विभाजन गरिएको प्रतियोगिताको समूह एमा रुपन्देही क्रिकेट ११, मलेसिया ११, नेपाल पुलिस क्लब र दिल्लीको पुस स्पोर्टस परेका छन् । समूह बी मा त्रिभुवन आर्मी, एपीएफ, यूपी ११ र ट्यालेन्ट हन्ट सीए ढाका छन् ।

३ वैशाख २०७९ सम्म भैरहवाको सिद्धार्थ रंगशालामा आयोजना हुने प्रतियोगितामा दिनको दुई खेल हुनेछन् । बिहान १० बजेदेखि पहिलो खेल सुरु हुनेछ भने दिउँसो २ बजेदेखि दोस्रो खेल हुनेछ ।

समूह ए का रुपन्देही क्रिकेट ११ र मलेसिया ११ बीच उद्घाटन खेल हुनेछ ।