मैत्रीपूण खेलमा पत्रकार महासंघ बिजयी

घोराही, माघ १३ । मेयरकप फुटबलको फाइनल खेल अगाडी घोराही १८ नवलपुरमा नेपाल पत्रकार महासंघ दाङ शाखा र घोराही उपमहानगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरुबीच भएको मैत्रीपूर्ण फुटबलमा पत्रकार महासंघको टोली बिजयी भएको छ ।

पत्रकार महासंघले जनप्रतिनिधिको टोलीलाई १ का बिरुद्ध ३ गोलले पराजीत गरेको हो । पत्रकारको तर्फबाट सविन प्रियासन, सुप्रीम प्रियासनले १÷१ गोल गर्नु भएको थियो । १ गोल सुसाइड भएको थियो ।