एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको दंगीशरणका दुई सामुदायिक विद्यालयहरुमा कमिटी विस्तार कार्यक्रम सम्पन्न

२७,भदौ हेकुली ।
अनेरास्ववियु दंगीशरण गाउँ कमिटीकाे आयाेजनामा पालिकाका दुई सामुदायिक विद्यालयहरुमा कमिटी विस्तार गरिएको छ। दंगीशरण गाउँ कमिटीका अध्यक्ष खुसिराम चाैधरीकाे अध्यक्षता एव् अनेरास्ववियुका पुर्व नेता ईश्वरी गाैतम , अनेरास्ववियु जिल्ला कमिटी सदस्य तथा दंगीशरण ईन्चार्ज सि.एम विश्वकर्मा,राष्ट्रिय युवा संघ नेपाल दंगीशरण गाउँ कमिटीका उपाध्यक्ष जेनिश कवर, सचिव सागर राेका , अनेरास्ववियु गाउँ कमिटी सदस्य सुधा याेगीकाे उपस्थितिमा कमिटी विस्तार भएको छ ।
दंगीशरण ६ मा रहेको श्री सिद्ध पृथ्वी जनता मा.वि श्रीगाँउमा अभिषेक वलिको अध्यक्षतामा २६ सदस्यीय कमिटी विस्तार गरिएको पालिका इन्चार्ज सि.एम विश्वकर्माले राप्ती प्रेस अनलाइनलाई जानकारी दिनुभयो । जसको उपाध्यक्षमा मनिषा अधिकारी , सचिव भुवनसिहं वलि, सहसचिव माेहन डाँगी, प्रतीक्षा केसी , काेषाध्यक्ष गरिमा कवर लगायतका रहनुभयको छ ।
यस्तै सोही वडामा रहेको भानु मा.वि प्रसडुवामा रेशम पुन मगर अध्यक्षमा चुनिएका छन् । जसको उपाध्यक्षमा अन्जली परियार, सचिव बुद्धिराम खड्का, सहसचिव कमल परियार,विष्णु खड्का , काेषाध्यक्ष अस्मिता चाैधरी गरी २१ सदस्यीय हुनेगरी कमिटी गठन सम्पन्न भएको छ ।