लमही महोत्सवमा बिहिवार गायिका ऐलीना चौहान आउँदै

शिवु खनाल
देउखुरी, ११ माघ
लमहीमा जारी महोत्सवमा बिहिवार चर्चित गायिका ऐलीना चौहान छिन् । महोत्सवको सातौ दिन प्रमुख आकर्षणको रुपमा चर्तित गायिक ऐलीना चौहान, मोडेल बिजय पुन, अस्मिता रनपाल, सगररमाथा ग्रुप लगायत स्थानिय कलाकाहरुको प्रस्तुती रहने आयोजकले जनाएकोछ ।

त्यसैगरी महोत्सवमा कार्यक्रम उद्घोषक दिपक खड्का, अनुप बुढा मगर, दिपक बर्मा, मोडेल सुस्मिता कोइराला, पि.डि.एच डान्स ग्रुप लगायतको प्रस्तुती रहनेछ । महोत्सवको सातौ दिन प्रमुख आकर्षणको रुपमा ऐलीना चौहानलाई आमन्त्रण गरिएको आयोजकले जनाएको छ ।

माघ ५ गतेदेखी १७ गते संचालन हुने महोत्सवमा दैनिक स्थानीय कलाकार, आईटम डान्स, भइरहेको कलाकार संयोजक शिवु खनालले जानकारी दिनुभयो ।।