मगर संघले मनायो माघ महोत्सव

घोराही पुस २७ । नेपाल मगर संघ घोराही नगर समितिले शुक्रबार भव्य समारोहकाबीच माघ महोत्सव मनाएको छ । विभिन्न बाजागाजा, नाँचसहित नगर परिक्रमा गरेर घोराही–१३ बडहरा पुगेको झाँकीजुलुस सभामा परिणत भएको थियो ।

सो अबसरमा मगर समुदायमा नाँचिने र गाइने विभिन्न गीतनृत्य पनि प्रस्तुत गरिएको थियो । मगर संघ घोराही नगर अध्यक्ष देबबहादुर बुढामगरको अध्यक्षत्तामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि घोराही उपमहागरपालिकाका उपप्रमुख हुमा डिसी, विशिष्ठ अतिथि मगर संघका केन्द्रीय सदस्य शारदा पुन, मगर संघ प्रदेश अनुशासन आयोगका संयोजक खलु पुनलगायतकाले बोल्नु भएको थियो ।

नगरका वरिष्ठ उपाध्यक्ष मित्रलाल बुढामगरको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा दिनभर मगर समुदायका विभिन्न टोलबाट आएको टोलीले आफ्नो नृत्य अनि गीत प्रस्तुत गरेको थियो । कार्यक्रमको सहजीकरण नगर सहसचिव गणेश पुन मगरले गर्नुभएको थियो । कार्यक्रम घोराही उपमहागरको विशेषसहयोगमा भएको थियो ।