दाङ । हुने विरुवाको चिल्लो पात भने झै सुरिलो स्वरको धनि यासना अधिकारी गायन क्षेत्रमा अगाडी बढ्नु भएको छ । सानैदेखि जतिबेला पनि ओँठमा गीतहरु झुण्डाउन मन पराउने यासनाले कक्षा सातमा पढ्दा आफ्नो पहिलो ‘गुरासँ’ बोलको गीत बजारमा ल्याउनु भएको हो । जुन गीतलाई धेरैले मन पराएका थिए ।
गीतसँगीतलाई नजिक राखेर अगाडी बढेको भएपनि पढाईका कारण उहाँले यस बीचमा गीत रेकर्ड गराउनु भएको थिएन । केही गीतमा अभिनय समेत गर्नु भएकी यासनाले अब सक्रियताका साथ गायन कार्यलाई अगाडी बढाउने सोँच राख्नु भएको छ । उहाँले आफ्नो दोस्रो गीतका रुपमा ‘हाम्रो माया’ बोलको गीत बजारमा ल्याउने तयारी गर्नु भएको छ । गीतसँगीत क्षेत्रमा विशिष्ठ पहिचान बनाउन सफल यासना काठमाडौं निवासी हुनुहुन्छ । बाल्यकालदेखि नै गीतसँगीतमा रुची राख्ने यास्नाले अबको केही समयमा हाम्रो माया बोलको गीत बजारमा ल्याउने तयारी गर्नु भएको हो ।
आमा पारु अधिकारी र बाबा हुमप्रसाद अधिकारीको एक मात्र छोरीकारुपमा २४ वर्ष अगाडी जन्मिनु भएको हो । व्याचलर अध्ययन पुरा गर्नु भएकी यास्नाले साँगीतिक क्षेत्रलाई व्यवसायीकरुपमा अगाडी बढाउने सोँच राख्नु भएको छ ।
‘हाम्रो माया’ बोलको गीतमा राहुल प्रधानको संगीत र एरेन्ज रहेको छ भने यसको गीतकार शंकर केसी रहनु भएको छ । स्टुडियो १ मा रेर्कड गरिएको उक्त गीतको अवधारणा कुमार घिमिरे हुनुहुन्छ । यासनाकै युटूव च्यानलबाट सार्बजनिक हुने उक्त गीतले युवाहरुको मन जित्ने बताइएको छ । युवा अवस्थमा आएपछिको पहिलो गीत भएकाले गीतलाई राम्रो बनाउन यासनाले धेरै नै परिश्रम गर्नु भएको छ । पहिलो चरणमा लिरिकल गीत सार्वजनिक गरिने त्यसपछि अफिसियल्ली रुपमा भिडियो सार्वजनिक गर्ने तायरी यास्नाको छ । यासनाले विभिन्न कार्यक्रममा स्टेजबाट गीत गाउँदै आउनु भएको छ । अभिनय सँगसँगै गायनमा रुची राख्ने यासना भन्नु हुन्छ,–‘मलाई गाउँन, नाँच्न, अभिनय गर्न रुची छ । धेरैपछि ‘हाम्रो माया’ बोलको गीत बजारमा आउँदैछ । मलाई विश्वास छ, सबैले यसलाई मन पराई दिनुहुनेछ ।’
https://www.youtube.com/@YasnaAdhikari