कला लम्सालको तीज गीत पातली २ बजारमा ( भिडिओ सहित )

 

केएम निष्ठुरी

गत बर्षको तीजमा तहल्का मच्चाएको सुपरहिट तीज गीत पातली को अत्याधिक सफलता पछी चर्चित गायीका कला लम्सालले यस बर्षको तीजको कोसेली पातली २ लिएर बजारमा आएकी छिन ।

समकालीन कलाकारहरु भन्दा फरक देखिन रुचाउने गायीका लम्सालले कुनै स्टेज कार्यक्रममा मात्र होइन आफ्ना एल्बमहरुमा समेत नेपाली समाज र समय सापेक्ष संदेश पस्कने गर्दछिन । गत बर्षको तीज गीत पातली युट्युबमा झन्डै ४० लाख दर्शकले हेरे भने तीजको समयमा प्रत्येक गाउँ,शहरका चोक र गल्लीहरुमा त्यहि गीत गुन्जिन सफल भयो ।

चर्चित सर्जक शिव हमालको लय तथा शब्दमा कला लम्सालकै युटुव च्यानलबाट सार्वजनिक भएको उक्त गीतले नेपाली सांगीतिक बजार तताएपछी यस बर्ष पनि त्यस्तै टिपिकल शव्दमा सजिएको गीत पातली २ लिएर गायीका लम्साल बजारमा आएकी हुन् ।

सुन्दर पर्यटकीय स्थल पोखराको लेकसाइडमा छायांकन गरिएको तीज गीत पातलीमा गायिका कला लम्साल र दिपासा बिसीको नृत्य रहेको छ। प्रकाश भट्टले निर्देशन गरेको पातली २ गायीका कला लम्सालको आफ्नै युटुव च्यानलबाट सार्वजनिक भएको छ ।

गत वर्षको पातली सुपरहिट भएपछि यस बर्ष पनि त्यो भन्दा झनै टिपिकल शव्द,लय र आवाजमा आएको त्यस्तै सुन्दर पर्यटकीय स्थल पोखरामा निकै मिहिनेतका साथ छायांकन गरिएकाले पातली भन्दा अपार माया पातली २ ले पाउने गायीका लम्सालको अपेक्षा छ ।

भर्खरै प्रकाशित

घुम्न जाउ प्यारीकोट

नारायण बिबश    दाङमा धेरै प्राकृतिक सम्पदा भए पनि कतिपय सम्पदाहरू प्रचार प्रसारको अभावमा ओझेलमा परेकाछन् । यस्तै ओझेलमा परेको प्राकृतिक सम्पदा हो प्यारीकोट ।…

विद्यार्थीहरुले कक्षा १२ को परिक्षा घरबाटै दिन पाउने

काठमाण्डौ, १३ साउन । कक्षा १२ को परीक्षा होम सेन्टरबाटै हुने भएको छ । कोरोना भाइरसको संक्रमणको जोखिमलाई ख्याल गरेर यस पटक होमसेन्टरबाटै परीक्षा लिने…

सांसद पदमा पुनर्बहालीको माग गर्दै चार पूर्वमाओवादी नेताद्वारा सर्वोच्चमा रिट…

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका चार नेताले सांसद पदमा पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । नेताहरु टोपबहादुर रायमाझी,…

किसानहरुलाई ५० प्रतिशत अनुदानमा मिनीपावर टिलर र कम्बाईङ्ग मिल

दिप्तीशिखा चौधरी दंगीशरण, १३-साउन । दंगीशरण गाउँपालिकाको कृषिशाखाले दंगीशरणका सहकारी , कृषि समुह र फर्महरुलाई मिनीपावर टिलर र कुटानी पिसानीमिलका लागि (कम्बाईङ्गमिल) वितरण गरेको छ…

जसपाको हेडकाउन्टः यादव पक्ष ३४, ठाकुर पक्ष १६, तटस्थ १

काठमाडौं, ११ साउन । जनता समाजवादी पार्टीको विवादमा निर्वाचन आयोगले कार्यकारिणी समितिका सदस्यहरुलाई सनाखतका लागि बोलाएकोमा अध्यक्ष उपेन्द्र यादव पक्षमा ३४ जना पुगेका छन् ।…