करन चम्किएपछि नेदरल्याण्ड्सविरुद्ध नेपालको रोमाञ्चक जित

काठमाडौंः ओमानमा जारी पाँच राष्ट्र सम्मिलित टी–२० सिरिज अन्तर्गत नेदरल्याण्ड्स विरुद्धको खेलमा नेपाल ४ विकेटले विजयी भएको छ । करन ब्याटिङ–बलिङ केसी चम्किँदा नेपालले ४ विकेटले विजयी भएको छ ।

नेदरल्याण्ड्सले दिएको १३४ रनको लक्ष्य पछ्याएको नेपालले १९.५ ओभरमा ६ विकेट गुमाएर पूरा गयो ।

अन्तिम ओभरमा नेपाललाई १७ रन चाहिएको थियो । यो ओभरको पहिलो बलमै करन केसीले छक्का प्रहार गरे ।

दोस्रो बलमा डट, तेस्रो बलमा उनले चौका हिर्काए । करनले चौथो बलमा पुनः छक्का प्रहार गरे । र, अन्तिम बलमा उनले सिंगल रन लिँदै नेपाललाई एक बल अगावै जित दिलाए ।

करनले ३ छक्का र १ चौकाको मद्दतमा १४ बलमा नटआउट ३१ रनको योगदान दिए । यस्तै कप्तान पारस खड्काले ३३, विनोद भण्डारीले २६, दिपेन्द्रसिंह ऐरीले ८, पवन सराफले ९, साेमपाल कामीले अविजित ३ र आरिफ शेखले २ रन बनाए ।

बलिङमा नेदरल्याण्ड्सका रिलोफले २, ब्रान्डन ग्लोभर, पल भ्यान मेकिरेन र फ्रेड क्लासेनले एक–एक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको मौका पाएको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १३३ रन बनायो ।

उसका लागि म्याक्स उडले ४३, कोलिन एर्कम्यानले २९, एन्टोनियस स्टालले २१, स्कट एडवर्ड्सले १६ रन बनाए । अन्य खेलाडीले भने दोहोरो अंकमा रन जोड्न सकेनन् ।

बलिङमा हङकङविरुद्ध पनि ४ विकेट लिएका करनले आज पनि ४ विकेट लिन सफल भए ।

उनले नेदरल्याण्डविरुद्ध ३.३ ओभरमा ४ विकेट लिएर १७ रन मात्र दिए ।

यस्तै, हङकङविरुद्ध विकेटबिहीन रहेका सन्दीप लामिछानले ४ ओभरमा २० रन दिएर महत्वपूर्ण ४ विकेट लिए । ललित नारायणराजवंशीको नाममा १ विकेट रह्यो ।

भर्खरै प्रकाशित

एएनपि अवार्डद्वारा दाङका युवा व्यवसायी शर्मा सम्मानित हुँदै

दाङ, २६ असोज । नेपालकै चर्चित एएनपि राष्ट्रिय अवार्ड २०२१बाट दाङका सफल युवा व्यवसायी रुद्र शर्मा सम्मानित हुनुहुने भएको छ । आउँदो कार्तिक १५ गते…

घाेराहीकाे बाहुनडाँडामा खुल्याे सुविधासम्पन्न सम्राट रिसाेर्ट

राप्ती प्रेस घाेराही, २६ असाेज । दाङकाे घाेराही उपमहानगरपालिका वडा नं १६ स्थित बाहुनडाँडामा सुविधासम्पन्न सम्राट फ्याम्ली रिसाेर्ट खुलेकाे छ । ल्याण्डफिल साइडबाट हेलाे टावर…

गीतकार प्रियासनलाई उत्सर्ग सिर्जना पुरस्कार

राप्ती प्रेस घाेराही, २५ असोज । उत्सर्ग फिल्मस् नेपालले संचारकर्मी एवं गीतकार सबिन प्रियासनलाई उत्सर्ग सिर्जना पुरस्कार प्रदान गर्ने भएको छ । कला, संचार एवं…

पाँच स्वर्गीय स्रष्टालाई मरणोपरान्त सम्मान गरिने

राप्ती प्रेस घाेराही, २४ असोज । नेपाली गीतसंगीतको उन्नयन तथा राप्ती क्षेत्रका स्रष्टाहरु सम्मान गर्ने उद्देश्यले २०७८ मंसीर ११ गते दाङमा आयोजना गरिएको उत्सर्ग संगीत…

उत्सर्ग संगीत अवार्डको मूल समिति र उपसमितिहरु गठन

राप्ती प्रेस १० असोज, दाङ । राप्ती क्षेत्रको सांगीतिक उन्नयन तथा स्रष्टाहरुको सम्मान गर्ने उद्देश्यले दाङमा पहिलोपटक आयोजना गरिएको उत्सर्ग म्यूजिक अवार्ड-२०७८ को मूल समिति…