घाेराहीकाे बाहुनडाँडामा खुल्याे सुविधासम्पन्न सम्राट रिसाेर्ट

राप्ती प्रेस

घाेराही, २६ असाेज । दाङकाे घाेराही उपमहानगरपालिका वडा नं १६ स्थित बाहुनडाँडामा सुविधासम्पन्न सम्राट फ्याम्ली रिसाेर्ट खुलेकाे छ ।

ल्याण्डफिल साइडबाट हेलाे टावर जाने सडक खण्डमा सुविधासम्पन्न रिसाेर्ट खुलेकाे हाे । रिसाेर्टमा नेपाली, चाइनिज, इण्डियन लगायत खानाहरू पाइन्छ ।

रिसाेर्टमा लाेकल कुखुराकाे मासु, बटाइकाे मासु, माछा, स्थानीय परिकारहरू काेदाेकाे माेमाे, ढिडाे, गुन्द्रुक लगायतका परिकार पाइने सञ्चालक सन्तबहादुर डाँगीले जानकारी दिनुभयाे ।

तीस कट्ठा क्षेत्रफल रहेकाे रिसाेर्टमा अहिले १० कट्ठा क्षेत्रमा पूर्वाधार निर्माण गरिएकाे छ । आगामी दिनमा थप क्षेत्रमा रिसाेर्ट बिस्तार गरिने डाँगीले जानकारी दिनुभयाे । “हामिले दीर्घकालीन साेचका साथ हाेटल व्यवसायमा हात हालेका छाैं,” उहाँलेभन्नुभयाे, “रिसाेर्ट क्षेत्रकाे नजिकै नेत्रलाल अभागी खेलकुद मैदान बनिरहेकाे छ, हामीले यसलाई लक्षित गरेर रिसाेर्ट खाेलका हाैं ।”

रिसाेर्टमा टिकटक बनाउने तथा फाेटाे खिच्नेहरूलाई उपर्युक्त वातावरण रहेकाे म्यानेजर प्रकाश डाँगीले जानकारी दिनुभयाे । खुला पार्किङ तथा ठूलाे क्षेत्र भएकाले पार्टी तथा बिहेका लागि सबैकाे राेजाइ बन्ने उहाँको भनाइ छ ।

रिसाेर्टमा नयाँ पुस्तालाई मध्यनजर गरेर झुलाकाे पनि व्यवस्था गरिएकाे सञ्चालक दीपिका डाँगीले जानकारी दिनुभयाे ।

भर्खरै प्रकाशित

एएनपि अवार्डद्वारा दाङका युवा व्यवसायी शर्मा सम्मानित हुँदै

दाङ, २६ असोज । नेपालकै चर्चित एएनपि राष्ट्रिय अवार्ड २०२१बाट दाङका सफल युवा व्यवसायी रुद्र शर्मा सम्मानित हुनुहुने भएको छ । आउँदो कार्तिक १५ गते…

घाेराहीकाे बाहुनडाँडामा खुल्याे सुविधासम्पन्न सम्राट रिसाेर्ट

राप्ती प्रेस घाेराही, २६ असाेज । दाङकाे घाेराही उपमहानगरपालिका वडा नं १६ स्थित बाहुनडाँडामा सुविधासम्पन्न सम्राट फ्याम्ली रिसाेर्ट खुलेकाे छ । ल्याण्डफिल साइडबाट हेलाे टावर…

गीतकार प्रियासनलाई उत्सर्ग सिर्जना पुरस्कार

राप्ती प्रेस घाेराही, २५ असोज । उत्सर्ग फिल्मस् नेपालले संचारकर्मी एवं गीतकार सबिन प्रियासनलाई उत्सर्ग सिर्जना पुरस्कार प्रदान गर्ने भएको छ । कला, संचार एवं…

पाँच स्वर्गीय स्रष्टालाई मरणोपरान्त सम्मान गरिने

राप्ती प्रेस घाेराही, २४ असोज । नेपाली गीतसंगीतको उन्नयन तथा राप्ती क्षेत्रका स्रष्टाहरु सम्मान गर्ने उद्देश्यले २०७८ मंसीर ११ गते दाङमा आयोजना गरिएको उत्सर्ग संगीत…

उत्सर्ग संगीत अवार्डको मूल समिति र उपसमितिहरु गठन

राप्ती प्रेस १० असोज, दाङ । राप्ती क्षेत्रको सांगीतिक उन्नयन तथा स्रष्टाहरुको सम्मान गर्ने उद्देश्यले दाङमा पहिलोपटक आयोजना गरिएको उत्सर्ग म्यूजिक अवार्ड-२०७८ को मूल समिति…