गीतकार प्रियासनलाई उत्सर्ग सिर्जना पुरस्कार

राप्ती प्रेस
घाेराही, २५ असोज । उत्सर्ग फिल्मस् नेपालले संचारकर्मी एवं गीतकार सबिन प्रियासनलाई उत्सर्ग सिर्जना पुरस्कार प्रदान गर्ने भएको छ ।

कला, संचार एवं साहित्यको माध्यमबाट नेपाली समाजको रुपान्तरणमा विशिष्ट योगदान पुर्‍याएकोले प्रियासनलाई पुरस्कार प्रदान गरिएको उत्सर्ग फिल्मस् नेपालका अध्यक्ष के एल पीडितले बताउनु भयो ।

नेपाल पत्रकार महासंघ दाङका पूर्व अध्यक्ष प्रियासन दुई दशकदेखि कला, साहित्य एवं संचार क्षेत्रमा क्रियाशील हुनुहुन्छ । रोदनपछि, भूमरी, पुनरागमन, पल्लवी, सहनशीला, लक्की चार्म, सेल्फी, एयरहोस्टेज, लकडाउन लभ १० वटा उपन्यास, ।

सपनाभित्रको सपना (कथा संग्रह) र सम्पादकीय (लेख संग्रह) गरी साहित्यकार प्रियासनका १२ वटा कृति प्रकाशित छन् । दाङबाट प्रकाशित गणतन्त्र राष्ट्रिय दैनिकका प्रकाशक/सम्पादक प्रियसन चलचित्र परशुरामको कार्यकारी निर्माता हुनुहुन्छ ।

उहाँका ७ वटा गीतहरु रेकर्ड भएका छन् । सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय प्रियासन जनसेवा पदकबाट विभुषित हुनुभएको छ ।

भर्खरै प्रकाशित

एएनपि अवार्डद्वारा दाङका युवा व्यवसायी शर्मा सम्मानित हुँदै

दाङ, २६ असोज । नेपालकै चर्चित एएनपि राष्ट्रिय अवार्ड २०२१बाट दाङका सफल युवा व्यवसायी रुद्र शर्मा सम्मानित हुनुहुने भएको छ । आउँदो कार्तिक १५ गते…

घाेराहीकाे बाहुनडाँडामा खुल्याे सुविधासम्पन्न सम्राट रिसाेर्ट

राप्ती प्रेस घाेराही, २६ असाेज । दाङकाे घाेराही उपमहानगरपालिका वडा नं १६ स्थित बाहुनडाँडामा सुविधासम्पन्न सम्राट फ्याम्ली रिसाेर्ट खुलेकाे छ । ल्याण्डफिल साइडबाट हेलाे टावर…

गीतकार प्रियासनलाई उत्सर्ग सिर्जना पुरस्कार

राप्ती प्रेस घाेराही, २५ असोज । उत्सर्ग फिल्मस् नेपालले संचारकर्मी एवं गीतकार सबिन प्रियासनलाई उत्सर्ग सिर्जना पुरस्कार प्रदान गर्ने भएको छ । कला, संचार एवं…

पाँच स्वर्गीय स्रष्टालाई मरणोपरान्त सम्मान गरिने

राप्ती प्रेस घाेराही, २४ असोज । नेपाली गीतसंगीतको उन्नयन तथा राप्ती क्षेत्रका स्रष्टाहरु सम्मान गर्ने उद्देश्यले २०७८ मंसीर ११ गते दाङमा आयोजना गरिएको उत्सर्ग संगीत…

उत्सर्ग संगीत अवार्डको मूल समिति र उपसमितिहरु गठन

राप्ती प्रेस १० असोज, दाङ । राप्ती क्षेत्रको सांगीतिक उन्नयन तथा स्रष्टाहरुको सम्मान गर्ने उद्देश्यले दाङमा पहिलोपटक आयोजना गरिएको उत्सर्ग म्यूजिक अवार्ड-२०७८ को मूल समिति…