पाँच स्वर्गीय स्रष्टालाई मरणोपरान्त सम्मान गरिने

राप्ती प्रेस

घाेराही, २४ असोज । नेपाली गीतसंगीतको उन्नयन तथा राप्ती क्षेत्रका स्रष्टाहरु सम्मान गर्ने उद्देश्यले २०७८ मंसीर ११ गते दाङमा आयोजना गरिएको उत्सर्ग संगीत अवार्डमा राप्ती क्षेत्रका स्वर्गीय अग्रज स्रष्टाहरुलाई मरणोपरान्त सम्मान प्रदान गरिने भएको छ ।

पहल नेपाल र उत्सर्ग फिल्मस् नेपालले संयुक्तरुपमा आयोजना गरेको उत्सर्ग संगीत अवार्ड-२०७८ मा नेपाली गीतसंगीतको प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्‍याएकोले स्व. प्रेमप्रकाश मल्ल, स्व. जंगबहादुर गन्धर्व, स्व.मधुबाबु थापा, स्व. नारायण पाण्डे र स्व. मथुरा प्रसाद श्रेष्ठलाई मरणोप्रान्त सम्मान गरिने कार्यक्रम निर्देशक केएल पीडितले बताउनु भयो । त्यस अवसरमा जीवित अग्रज स्रष्टाहरुलाई दीर्घ संगीत साधना सम्मान प्रदान गरिनेछ भने केही विशिष्ट प्रतिभाहरुलाई अभिनन्दन तथा पुरस्कृत गरिने छ ।

साथै त्यस अवसरमा राप्ती क्षेत्रका विभिन्न जाति तथा समुदायका साँस्कृतिक झाँकीहरु प्रस्तुत गरिने कार्यक्रम उपनिर्देशक पाण्डव शर्माले बताउनु भयो ।

अवार्ड वितरण समारोहमा लुम्बिनी प्रदेशका सभामुख एवं जनवादी कवि, गीतकार एवं संगीतकार पूर्णबहादुर घर्ती मगरलाई २५ हजार राशीको उत्सर्ग जनसंगीत राष्ट्रिय पुरस्कार प्रदान गरिने आयोजक संस्थाले जनाएको छ ।

राप्ती क्षेत्रका स्रष्टाहरु सहभागी हुने गरी आयोजना गरिए उत्सर्ग संगीत अवार्ड २०७८ मा राप्ती क्षेत्रमा गाइने लोकभाका, रुपान्तरण एवं राष्ट्रिय भावधाराका गीतहरु, मातृभाषाका गीतहरु, आधुनिक, पप, गजल तथा म्युजिक भिडियो विधामा अवार्ड प्रदान गरिनेछ ।

अवार्डमा सहभागी हुन चाहने स्रष्टाहरुले आगामी कार्तिक १६ गतेसम्म सिर्जना पठाइसक्नु पर्ने कार्यक्रम उपनिर्देशक शर्माले बताउनु भयो ।

भर्खरै प्रकाशित

एएनपि अवार्डद्वारा दाङका युवा व्यवसायी शर्मा सम्मानित हुँदै

दाङ, २६ असोज । नेपालकै चर्चित एएनपि राष्ट्रिय अवार्ड २०२१बाट दाङका सफल युवा व्यवसायी रुद्र शर्मा सम्मानित हुनुहुने भएको छ । आउँदो कार्तिक १५ गते…

घाेराहीकाे बाहुनडाँडामा खुल्याे सुविधासम्पन्न सम्राट रिसाेर्ट

राप्ती प्रेस घाेराही, २६ असाेज । दाङकाे घाेराही उपमहानगरपालिका वडा नं १६ स्थित बाहुनडाँडामा सुविधासम्पन्न सम्राट फ्याम्ली रिसाेर्ट खुलेकाे छ । ल्याण्डफिल साइडबाट हेलाे टावर…

गीतकार प्रियासनलाई उत्सर्ग सिर्जना पुरस्कार

राप्ती प्रेस घाेराही, २५ असोज । उत्सर्ग फिल्मस् नेपालले संचारकर्मी एवं गीतकार सबिन प्रियासनलाई उत्सर्ग सिर्जना पुरस्कार प्रदान गर्ने भएको छ । कला, संचार एवं…

पाँच स्वर्गीय स्रष्टालाई मरणोपरान्त सम्मान गरिने

राप्ती प्रेस घाेराही, २४ असोज । नेपाली गीतसंगीतको उन्नयन तथा राप्ती क्षेत्रका स्रष्टाहरु सम्मान गर्ने उद्देश्यले २०७८ मंसीर ११ गते दाङमा आयोजना गरिएको उत्सर्ग संगीत…

उत्सर्ग संगीत अवार्डको मूल समिति र उपसमितिहरु गठन

राप्ती प्रेस १० असोज, दाङ । राप्ती क्षेत्रको सांगीतिक उन्नयन तथा स्रष्टाहरुको सम्मान गर्ने उद्देश्यले दाङमा पहिलोपटक आयोजना गरिएको उत्सर्ग म्यूजिक अवार्ड-२०७८ को मूल समिति…